Ad image

नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिकाको, गाँउपालिका सम्मेलन फाल्गुण ३० गते हुने

मालश्री खबर
मालश्री खबर २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर फागुन २८ गते, रोल्पा ।
नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिकाले गाँउपालिका सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेसको गाँउपालिका सम्मेलन यहि फाल्गुण ३० गते बिहान ११ बजे देखि रुन्टिगढी गाँउपालिको सभा हलमा गर्न लागेको नेपाली कांग्रेस रुन्टिगढी गाँउपालीका सभापति जनक पुनले जानकारी दिनु भएको छ ।

पाटीलाई चलाएमान बनाउनको लागी, संगठनलाई थप ससत्त र सुद्धित गर्नका लागी, जनता र पाटीको सम्बन्धलाई थप प्रघात बनाएर नागरिकका हरेक समस्या र मुद्धालाई उजागर गर्नको लागी, नागरिक र स्थानिय सरकारको सम्बन्धलाई नजिक बनाएर नागरिकका हरेक समस्या र मुद्धालाई पहिचान गर्नको लागी सम्मेलन गर्न लागेको गाँउपालिका सभापति पुनले बताउनु भएको छ ।

सम्मेलनमा उपस्थित भैदिनको लागी रुन्टिीगढी गाँउपालिका भित्रका महाधिबेसन प्रतिनिधीहरु, जिल्ला र क्षेत्रीय कार्यसमितीका पदाधिकारी र सदस्यहरु, क्षेत्रीय प्रतिनिधीहरु, गाँउ कार्यसमिती, वडा कार्यसमिती, टोल कार्यसमितीको सम्पुर्ण पदाधिकारी र सदस्यहरु, गाँउपालिका भित्रका नेपाली कांग्रेसका ससम्पुर्ण क्रियाशिल सदस्यहरु , बिभिन्न भातृ एंव शुभेच्छुक संघका प्रमुख प्रतिनिधीहरुलाई उपस्थिती रहने नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्