Ad image

सुनिलस्मृती गाँउपालिकाकाे सुझाव संकलन तथा गुनासो सुनुवाइ सम्बन्धी विद्युतीय प्रणाली सञ्चालनमा आयो

मालश्री खबर
मालश्री खबर २८ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

 

भरत बिश्वकर्मा / मालश्री खबर फागुन २८ गते, रोल्पा ।

नागरिकहरुको सुझाव संकलन तथा गुनासो सुनुवाइ गर्नको लागी सुनिलस्र्मती गाँउपालिकाले विद्युतीय प्रणाली सञ्चालन ल्याएको गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनु भएको छ ।
गाँउपालिका बाट हुने दैनिक सेवा प्रबाह र गाँउपालिका भित्रको हरेक शाखा र कार्यालय बाट हुने सेवा प्रवाहलाई छिटो छरितो र पादर्शिता गरानको लागी यस्तो गुनासो सुनुवाइ प्रणाली संचालनमा ल्याएको गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेलले बताउनु भयो ।
अब गाँउपालिका भित्रका हरेक नागरिकले घरमै बसेर गाँउपालिका भित्रको हरेक शाखा र कार्यालय बाट हुने सेवा प्रबाह को बारेमा गुनासो तथा सल्लाह सुझाब दिन सक्ने छन् ।
त्यसको लागी एन्ड्रोइड मोबाइल फोनको प्ले स्टोरमा गएर गुनासो सुनिल स्मृति (Gunaso Sunil Smriti) टाईप गरि एप लाउनलोड गरेर इनस्टल गरि आफ्नो गुनासो राख्न वा दर्ता गर्न सकिने गाँउपालिका सुचना प्रबिधि अधिकृत बिगन श्रेष्ठले बताउनु भएको छ ।
सेवा ग्राहि नागरिकहरुको गुनासोहरुलाई प्राथमिकताको आधारमा गुनासो सुनुवाई गरिने श्रेष्ठले जानकारी दिनु भयो । गुनासो कर्ताको नाम ठेगाना र सम्पर्क नम्बर गोप्य राखिने समेत गाँउपालिकाले जानकारी दिएको छ ।
त्यति मात्र नभएर सुनिलस्मृती गाँउपालिका भित्रको हरेक कार्यालय र शाखाको गुनासो सामाजि सञ्जाल फेसबुक, इमेल र एस.एम.एस. मार्फत पनि गुनासो गर्न सकिने प्रणालीको बिकास गरेका बताइएको छ । त्यसरी अन्य माध्यम बाट प्राप्त गुनासोको समेत सुनुवाई गरिने व्यवस्था गरिएको गाँउपालिका सुचना प्रबिधि अधिकृत श्रेष्ठले जानकारी दिनु भएको छ । यस बारेमा थप जानकारी लिनु परेमा सुनिलस्मृती गाँउपालिका गुनासो सुनुवाई अधिकारी मोतिम आलम सम्पर्क नम्बर ९८६६९२२१६१ सिधै सम्पर्क राख्न सकिने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array