Ad image

नेपाल विद्यालय कर्मचारी परिषदले आफ्ना मागहरुको सम्बोधन गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझायो

मालश्री खबर
मालश्री खबर २६ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन २६ गते, रोल्पा ।

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार नगर प्रमुख सुरेन्द्र थापा घर्तिलाई ध्यानाकर्षण साथै कार्यविधी बनाई आवश्यक सेवा सुविधा उपलब्ध गराई दिनकोलागि ध्यानाकर्षण पत्र बुझाईएको नेपाल विद्यालय कर्मचारी परिष रोल्पा नगर समिति रोल्पाका अध्यक्ष चन्द्र बुढा मगरले बताउनु भएको छ । आफ्ना मागहरुको सम्बोधन होस भनी नेपालका ७५३ वटै स्थानिय तहमा आज नेपाल विद्यालय कर्मचारी परिषदले स्थानिय सरकारका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

“नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधा विगत लामो समय देखी सरकारले थाती राखेर पटक—पटक गरिएको सम्झौतालाई कार्यान्वयन गर्न आनाकानी गरेर ढिलासुस्ती गरेका परिवेशमा यस नगरपालिका भित्रका विद्यालय कर्मचारीहरुको पुर्ण तलवमान् अर्थात विद्यालय कर्मचारी सहायक (लेखापल) हरुका लागि रु ३४ हजार ७ सय ३० रुपैया प्लस महंगी भक्ता २ हजार गरी जम्म रु ३६ हजार ७ सय ३० र विद्यालय सहयोगीहरुका लागि रु २४ हाजार ९ सय २ प्लस महंगी भक्ता २ हजार गरी जम्मा २६ हजार ९ सय २ रुपैया उपलब्ध नगाराएको हुँदा त्त्काल नयाँ बजेट बनाउदै गर्दा उक्त विषयमा गहन छलफल गरि आवश्यक निर्णय गरेर विद्यालय बन्द जस्तो आन्दोलनको कार्यक्रमलाई अगाडि बढाउन बाध्य नबनाइयोस् भन्ने विषयमा ध्यानाकर्षण पत्र पशे गर्दछौँ” नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष किरण प्रकाश वली र नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्य समिति रोल्पाका अध्यक्ष चन्द्र बुढा गरको हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा भनिएको छ । कार्यसमितिले बुझाएको ध्यानाकर्षण पत्रमा भएका कुराको सम्बोधन नभएमा विभिन्न आन्दोलका कार्यक्रमहरु गर्ने समेत नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष किरणप्रकाश वलीले बताउनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array