Ad image

रोल्पामा ट्याक्टर दुर्घना हुँदा १ को मृत्यु, ५ को अवस्था गम्भीर —चालक प्रहरीको नियन्त्रणमा

मालश्री खबर
मालश्री खबर २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर/ फागुन २५ गते, रोल्पा । रोल्पामा ट्याक्टर दुर्घना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाईते भएका छन् । मृत्यु हुनेमा सल्याण कुमाख गाउँपालिका ६ का ३२ वर्षिय टोपलाल वि.क रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । वि.क को उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राती ८ बजे त्रिवेणी गाउँपालिका २ दहबन स्थिति शहिद मार्गमा दहबनबाट भाङगोबारी तर्फ रोडको काम गर्ने मजदुर लिएर जादै गर्दा रा १ त १७२५ नम्बरको ट्याक्टर दुघर्टनामा परेको हो । ट्याक्टर सडकबाट करिब १०÷१५ मिटर तल खसेको बताईको छ ।

ट्याक्टरमा सवार यात्रुलाई घटना स्थाबाट उद्धार गरी उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाइएको छ । घईते हुने हरुमा ५ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सल्याण दारमा गाउँपालिका ४ का ५४ वर्षिय विरवल विक, बागचौर गाउँपालिका ३ का २६ बर्षिय खुमराज वि.क, कुमाख गाउँपालिका ६ का ४० वर्षिय दन्दबिर वली, सोही गाउँपालिकाका बर्ष ३० का रमेश बोहोरा, बर्ष ३० कै हेमराज बोहोराको अवस्था गम्भीर रहको छ । कुमाख गाउँपालिकाकै बर्ष २० का अर्जुन बोहोरा र १८ बर्षीय अजुन बोहोराको अबस्था भने सामान्य रहेको बताईएको छ ।

- Advertisement -
Ad image


फरार ट्याक्टर चालक नविन चौधरीलाई प्रहरिले नियन्त्रणमा लिएको छ । चौधरीलाई विहिबार विहान ६ बजे प्रहरी चौकी नुवागाउँ रोल्पाबाट खटिएको प्रहरी बरिष्ठ हवल्दार प्रकाश जाशीको कमाण्डमा रहेको २ जनाको प्रहरी टोलिले त्रिवेणी गाउँपालिका २ भाङ्गोबारीबाट नियन्त्रणमा जिल्ला प्रहरी कार्यालाय होलेरी लैजादै गरेको खबर प्राप्भ भएको छ । २९वर्षिय चौरधरी घोराही उपमहानगरपालिका ३ झिङ्नी निवासी हुन ।

प्रतिक्रिया दिनुहोस्

Array