Ad image

महिला सशक्तीकरण गर्न विभिन्न प्रतियोगिताको आयोजना गरि फगामले नारी दिवस मनायो 

मालश्री खबर
मालश्री खबर २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

चित्र वियोग झाकृमगर, फागुन २५ रोल्पा । लैंगिक समानताको बलियो आधार सृजानात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराको साथमा सुनछहरी गाउँपालिका ६ नम्बर वडाले ११३औं अन्तरास्ट्रिय नारी दिवस विविध खेलकुद प्रतियोगिताको आयोजना गरि सम्पन्न गरेको छ । आयोजक ६ नम्बर वडा फगामका अनुसार महिला सशक्तीकरण लागी अन्तर आमा समूह स्तरीय चेतनामूलक दोक दोहोरी , बेलून फुटाउने र रस्सा कस्सी प्रतियोगिताको आयोजना गरिएको थियो ।

No description available.

कार्यक्रममा ८ वटा आमा समूहले सहभागिता जनाएका थिए।लोक दोहोरीमा पहिलो हुने जुनकीरी आमा समूह भल्बाङले नगद ५ हजार दोस्रो हुने हाङ्धुङ आमा समुह ३ हजार र तेस्रो हुने स्वास्थ्य आमा समूह दलित टोल १ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको छ।त्यस्तै रस्सा कस्सी प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने स्वास्थ्य आमा समूह दलित टोल दोस्रो स्थानमा जुनकीरी आमा समूह भल्बाङ तेस्रो स्थान हासिल गर्ने धुङसि स्वास्थ्य आमाले क्रमश नगद पुरस्कर ७ हजार ५ हजार र ३ हजार प्राप्त गरेका छन् ।

No description available.

- Advertisement -
Ad image

बेलून फुटाउने प्रतियोगितामा धुङ्सी स्वास्थ्य आमासमुहका जुनमला घर्ती पहिलो भइ ३ हजार धुङ्सी आमा समुहकै दोस्रो हुने रोशनी परियार १ हजार ५ सय र तेस्रो स्थान हासिल गर्ने स्वास्थ्या आमा समुह दलित टोलकि अन्जना बि।क।ले १ हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । वडा सदस्य तथा गाउँकार्यपालिका सदस्य निर्मला पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ६ नम्बर वडा सदस्य कर्ण बहादुर पुन,खुम बहादुर रोका क्षेत्री, दलित महिला सदस्य कमला बि.क.,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर पुन मगर,स्वास्थ्य चौकी फगामका प्रमुख रन्जित कुमार यादव,निर्णयक मण्डल,आमा समुहका अध्यक्षहरुको आथित्यता रहेको थियोे।

No description available.
वडा अध्यक्ष अमरजित पुन मगरका अनुसार महिलाहरू आफ्नो अधिकारको लागी सचेत भएर लाग्नुका साथै समाजमा हुने गरेका सबै खालका विकृति र विसंगति निर्मुल पार्न महिलाहरुको अग्रसरता हुनुपर्ने उल्लेख गर्नुभएको छ।
६ नम्बर वडा सचिव गन्ज बहादुर थापाले सन्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष अमरजित पुन मगरले गर्नुभएको ६ वडा कार्यालय फगामले जानकारी दिएको छ।

No description available.

No description available.

 

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array