Ad image

परिवर्तन गाउँपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनायाे

मालश्री खबर
मालश्री खबर २४ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

सुर्यप्रकाश बुढामगर, फागुन २५ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा पनि ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने दिवस मनाएको हो । परिवर्तन गाउँपालिकाको ६ वटै वडा विभिन्न कार्यक्रम गरि मनाएको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

 

दिवस मनाउनको लागि प्रत्येक वडालाई रु १० हजारको दरले रकम समेत दिएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले जानकारी दिनुभएको छ । त्यस्तै गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा पनि दिवस मनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्