Ad image

ठुलो क्रान्ति र संघर्षको बिच बाट याे व्यवस्था आएको हो-जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २१ फाल्गुन २०७९, आईतवार
5 Min Read
Aa

मालश्री खबर/ फानगुन २१ गते, रोल्पा ।
यो व्यवस्था त्यतिकै चानचुने तरिका बाट आएको होइन् , ठुलो क्रान्ति र संघर्षको बिच बाट आएको नेकपा माओवादी केन्द्रका नेता एंव लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जोख बहादुर महराले बताउनु भएको छ । आइतबार सुनिलस्मृती गाँउपालिकाले निमार्ण गरेको शहिद पार्क उद्धघाटन गर्नु पुग्नु भएको मन्त्री महराले यस्तो कुरा बताउनु भएको हो । अहिले पनि केहि तत्वले राजा आँउ देश बचाउन भनेको सुन्दा आफुलाई दया लागेर आउने गरेको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोख बहादुर महराले बताउनु भएको छ ।जनताले फाली सकेको राजा ल्याउनु भन्दा बरु आफै राजा बनेर जनताको सेवा गर्छु भन्नु उचित हुने बताउनु भयो ।

महान शहिद सुनिल थापाको नाममा प्रतिनिधित्व गर्ने गरि गाउँपालिकाको नाम सुनिलस्मृति गाउँपालिका राखिएको लुम्विनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले बताउनु भएको छ । सुनिलपार्क उद्धघाटन कार्यक्रममा बोल्दै महराले यस्तो कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्रले फागुन १४ देखि २१ गतेसम्म पार्टीले शहिद सप्ताह मनाउदै आएको बताउदै सबैले साझा रुपमा शहिदहरुलाई सम्झिनु पर्ने उँहाले बताउनु भएको छ । शहिद सप्ताहको अन्तिम दिन पारेर पार्कको उद्धघाटन गरिएको भन्दै गाउँपालिकाले सरकारी स्तरबाट कार्यक्रमको सञ्चालन गरेकोमा खुशि लागेको उहाँले बताउनु भएको छ । साथै सुनिलस्मति गाउँपलिकाले सुनिलपार्क बनाउनको लागि अहोरात्र खट्नेहरु र गाउँपालिका प्रति धन्यवाद समेत दिनुभएको थियो । उहाँले सुनिल पार्क उद्घाटन कार्यक्रममा बोल्दै देशमा आमुल परिवर्तनको लागि सञ्चालन भएको जनयुद्ध, शहिद तथा बेपत्ता योद्धाको योगदानले देशमा गणतन्त्र आएको समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका बिशिष्ट अतिथि नेकपा माओबादी केन्द्रका नेता एंव पुर्ब राष्ट्रिय सभा सदस्य राजकुमार कुवरले सबैले शहिदहरुलाई सम्मान गर्नु पर्ने बताउनु भएको छ । यो व्यवस्था ल्याउनको लागी १० बर्षे जनयुद्धको बेला भएका शहिदहरुको महत्वपुर्ण भूमिकाभएको बताउनु भयो । यदि यो व्यवस्था लिनको लागी ति महान शहिदहरुले वलिदान नदिएको भएमा अझै राजा सहितको यो देशमा सासन सत्ता रहने बताउनु भएको छ । अझै शहिदहरुको सपना पुरा हुन नदिन र यो व्यवस्थाको अन्त्य गर्नको लागी केहि देशि बिदेशी तत्वहरुले मौलाउन लागेको हुनाले त्यस्तालाई बेलैमा तह लगाउन सबै लाग्नु पर्नेमा समेत बताउनु भएको छ । तत्कालीन शाहि नेपाली सेनाको आक्रमन बाट शहिद किमबहादुर थापाको मृत्यू भएको भएपनि केहि अराजक तत्वले अहिले पनि आफ्नै सार्थिले हत्या गरेकोे भनेर भ्रम फैलाउन खोजेको नेता कुवरले आरोप समेत लागाउनु भएको छ । त्यस्तो अभिब्यतिmमा कुनै सत्यता नभएको पनि प्रस्त पार्नु भएको छ ।


कार्यक्रमका विशिष्ट अतिथीजिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यले सहिद किमबहादुर थापालाई सम्झदै उँहा एक इमान्दार, पार्टी प्रति बफादार यक्ति भएको भन्दै यो ब्यवस्था लिनका लागि उँहाले पु¥याएको योगदान र उँहा लगाएत सम्पुर्ण सहिदहरुको योगदान महत्वपुर्ण भएको बताउनु भएको छ । ति महान शहिदहरुकोे योगदान खेर जान नदिने बताउनु भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक एवं सुनिस्मृति गाउँपालिकाका निर्वतमा अध्यक्ष गुणेन्द्र घर्तीले आज हामी एउटा नयाँ ठाउँमा आइपुगेका छौं, यहाँ सम्म आउनको लागि हामीलाई तमाम नेपाली जनताको र होनाहार वीरहरुले यो देशमा ठुलो रगत पसिना बगाउने आज यो देशलाई नयाँ ठाउँमा पु¥याउन हिजोका ती महान शहिदहरुले रगत पसिना बगाएको सम्झेका छौं । सुनिलपार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँँले हिजो यो जनयुद्ध नगरेको भए आजको दिनमा संघीय लोकतान्त्रीक व्यस्था आउने थिएन, त्यही पुरानो राज्य व्यस्था रहिरहने थियो उहाँले बताउनु भएको छ । किमबहादुर थापा (सुनिल)ले ठुलो योगदान गरेको उहाँले बताउनुभएको थियो । सुनिलस्मृति गाउँपालिका सुलिलकै नाममा नामाकरण गरेको बताउनुभएको छ । जनताको कामलाई पहिलेको सरकारमा प्राथमिकता दिएको थियौं, अहिले पनि सुनिलस्मृतिगाउँपालिकाले प्राथमिकतादिने छ भन्ने विश्वास दिलाउन चाहान्छु । पहिले सुवर्णावती गाउँपाकिा रहेको थियो पछि सुनिल इतिहास बोकेको नाम भएको कारण अहिले गाउँपालिकाको नाम सुनिलस्मृति गाउँपालिका रहेको बताउनुभएको छ ।

कार्यक्रमका अन्य अतिथीहरुमा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार, शहिद किमबहादुर थापाकी श्रीमती एवं सुनिलस्मृति गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष बागमती क्षेत्रीनी, घाइते अपांगहरुको तर्फबाट घाइते नरेश थापा लगाएतले मन्तव्य राख्नु भएको थियो । सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सुनिलस्मृति गाउँपाकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले गर्नु भएको थियो कार्यक्रमको अवसरका स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष मिना थापाले दिनु भएको थियो । कार्यक्रमको अवसरमा शहिद परिवार, गाउँपालिका भित्रका रहेका घाइते र अपांगहरुलाइ दोषल्ला र नगद सहित सम्मन गरिएको थियो । कार्यक्रममा गाँउपालिका भित्रका वडा अध्यक्ष बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, पत्रकार,सुरक्षाकर्मि, स्थानिय बासि, शिक्षक बिद्यार्थि लगाएतको सहभागिता रहेको थियो ।

     

प्रतिक्रिया दिनुहोस्