Ad image

शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ फाल्गुन २०७९, आईतवार
6 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,२१ फागुन रोल्पा । महान जनयुद्ध सुरु भएको ऐतिहासिक दिनलाई मध्यनजर गरि फागुन १ गते महान जनयुद्ध दिवस मनाउँदै आएको र गोर्खाका दलबहादुर रम्तेलको २०५२ सालमा शाहदत प्राप्त गरेको दिन फागुन १४ गते देखि २१ गतेसम्म सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ । सोही अनुसार शदिह परिवर्तन सम्मान कार्यक्रम परिवर्तन गाउँपालिका-३ बागमारामा सम्पन्न भएको छ । नेकपा परिवर्तन गाउँ समिति र नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको शदिह परिवार सम्मान कार्यक्रमको प्रमुख अतिथीमा नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला पश्चिम इन्चार्ज सम्झना घर्ती सी रहनु भएको थियो । विशिष्ट अतिथीमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा परिवर्तन गाउँ कमिटीका सह-इन्चार्ज हित कुमारी बुढा मगर रहनु भएको थियो।

- Advertisement -
Ad image

अतिथीमा नेकपा केन्द्रिय प्रतिनिधि विश्व वली सी,नेकपा पश्चिम रोल्पा जिल्ला डि.सि.एस सन्दीप वली सी,नेकपा शदिह परिवारका केन्द्रिय सदस्य पृथ्वी विक्रम डाँगी सी,सम्पूर्ण सहिद परिवारको प्रतिनिधित्व हुने गरी परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,नेकपा जिल्ला सल्लाहकार सदस्य चित्र बहादुर बुढा सी,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटी उपाध्यक्ष हरिप्रसाद बुढा मगर,नेकपा जिल्ला सदस्य भक्त बहादुर रिजाल सी र नेकपा जिल्ला सदस्य अञ्जना बुढा सी लगायतको आतिथ्यता रहेको थियो।

 

नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीका सचीव कर्ण बहादुर बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मन्तव्य राख्नेमा नेकपा शदिह  परिवारका केन्द्रिय सदस्य पृथ्वी विक्रम डाँगी सीले हिजो जुन लक्ष्य र उद्देश्य लिएर गरेको अभियान अझै पुरा नभएको बताउनुभयो । आफू अहिले विभिन्न सहिद परिवार, घाइते, अपाङ्ग तथा वेपत्ता परिवारको घर-घरमा पुग्दा उनीहरूको कथा व्यथा डरदनाक भएको समेत बताउनुभयो।

साथै सम्पूर्ण सहिदको लक्ष्य उद्देश्य पुरा गर्नको लागि एक ठाउँमा हुनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । नेकपा केन्द्रिय प्रतिनिधि विश्व वली सीले आफूहरू हिजो एउटै मञ्चमा होमिएको समेत बताउनुभयो । लामो समय पछी आफूहरू एक ठाउँमा सहभागी हुने अवसर मिलेको समेत बताउनुभयो।साथै हिजो ठूल्ठूला परिवर्तनका लागि संघर्ष र योगदान गरेको र शान्ति प्रक्रियामा सहभागी भएपछी पार्टीमा केही विचलन आएको स्वभाविक भएको समेत बताउनुभयो।अब फेरि हिजो एक भएर लडेका शक्तिहरु एक ठाउँमा आउनु अहिले नितान्त आवश्यकता रहेको समेत बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तथा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीका सह-इन्चार्ज हित कुमारी बुढा मगरले हिजो आफूहरू एउटै अभियान,एउटै मञ्च,एउटै ओछ्यानमा भएको समेत बताउनुभयो।यो देशमा भएको शासन सत्ता विरुद्ध आफूहरू लामबद्ध रूपमा होमिएको बताउदै लक्ष्य र उद्देश्य पनि एउटै भएको बताउनुभयो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हिजोको संघर्ष र योगदानले गर्दा आज देशमा ठूल्ठूला परिवर्तनको आभास गर्न भएको समेत बताउनुभयो।हिजो बन्धुकको लडाइ गरेको स्मरण गर्दै यो समाजको विकास र समृद्धिको लागि लड्नुपर्ने अहिले आवश्यकता भएको समेत जिकिर गर्नुभयो।विकास र समृद्धिका लागि हिजो सँगै लडेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो।

 

कार्यक्रमका प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला पश्चिम इन्चार्ज सम्झना घर्ती सीले अहिलेको शहिद परिवार सम्मान कार्यक्रम बर्षको एक पटक मात्र सिमित नहुने समेत बताउनुभयो । बर्षमा एक दिन मात्र सहिदलाई सम्मान गरेर उनीहरूको लक्ष्य र उद्देश्य पूरा नहुने समेत बताउनुभयो।अब उनीहरूको सपनालाई साकार गर्नको लागि अहिलेको नेतृत्व वर्गले ध्यान दिनुपर्ने समेत बताउनुभयो । हिजो नेपालमा ठूल्ठूला संघर्ष र लडाइ भएकोले अहिले सरकारका नेतृत्व गरेका शिर्ष नेतृत्वले पाँच हजारको मात्र जिम्मा लिन्छु भन्नु लाचारीपन भएको समेत जिकिर गर्नुभयो ।

यो देशको परिवर्तनका लागि हिजो दिनमा लाखौंले संघर्ष,योगदान गरेको स्मरण गराउँदै चाहे महान दस बर्षे जनयुद्ध होस चाहे अन्य संघर्षरत होस करिब सत्रर हजार भन्दा बढीले आफ्नो अमुल्य ज्यान बलिदान दिएको समेत बताउनुभयो । साथै उहाँले संसदीय व्यवस्थाले देश अगाडि बढ्न नसक्ने समेत दाबी गर्दै अब यो देशमा परिवर्तन ल्याउनको लागि एउटा मात्र विकल्प भनेको बैज्ञानिक समाजवाद उन्मुख भएको समेत बताउनुभयो।

यो देश समाजको विकास र समृद्धि बनाउन हिजो दस बर्ष सम्म एउटै लक्ष्य उद्देश्य लिएर लडेका शक्तिहरु शान्ति प्रक्रियामा जाँदा पार्टी भित्र आएको विचलनलाई आत्मसात गर्दै एक ठाउँमा उभिनु अहिलेको आवश्यकता रहेको समेत उनले भने।नेपालमा २०५२ साल फागुन १ गतेदेखि महान जनयुद्ध सुरु भएको थियो भने २०६२/०६३ सालमा शान्ति प्रक्रियामा गएकोले २०६३ मंसिर ५ गते शान्ति प्रक्रियामा गएको थियो।परिवर्तन गाउँपालिका भित्र रहेका करिब ७१ जना शहिद परिवारलाई सम्मान समेत गरेको छ।

प्रमाणपत्र, लोट्टा र नगदले सम्मान गरेको छ।सम्मान कार्यक्रममा अबिर ल्याप्न नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला पश्चिम इन्चार्ज सम्झना घर्ती सीले प्रमाणपत्र वितरण गर्नु भएको थियो।त्यस्तै विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तथा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीका सह-इन्चार्ज हित कुमारी बुढा मगरले लोट्टा वितरण गर्नुभयो भने अतिथी नेकपा पश्चिम रोल्पा जिल्ला डि.सी.एस सन्दीप वली सीले नगद वितरण गर्नु भएको थियो ।

सहिद परिवार सम्मान कार्यक्रमको अध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटीका अध्यक्ष सुक बहादुर बुढा मगरले कार्यक्रम समाप्न गर्दै हिजो एउटै भान्सा,एउटै घरमा बसेर संघर्ष गरेको समेत बताउनुभयो । समय र परिस्थितिले केही टाढा जस्तो बनाएको महशुस गरेता पनि आफू सधैं नजिक भएको समेत बताउनुभयो।

हामी केही सरकार भित्र गएको र केही बाहिर रहेर अहिलेको शासन विरुद्ध खबरदारी गर्ने काम गरेको समेत बताउनुभयो । हिजो आफूहरूको लक्ष्य र उद्देश्य निरंकुश शासन विरुद्ध लडेकोले अझै सोचेको जस्तो परिणाम पाउन नसकेकोले अबको फेरि पहिलेका शक्तिहरु एक ठाउँमा अनुबन्ध हुनुपर्ने बेला आएको बताउनुभयो।कार्यक्रमको सञ्चालन नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का सीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array