Ad image

पिताराज आधारभूत विद्यालयमा विद्यार्थीहरुको दाँत र आँखाको परिक्षण तथा उपचार

मालश्री खबर
मालश्री खबर १९ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

 

उमा बस्नेत
मालश्री खबर/ फानगुन १९ गते, रोल्पा ।

पिताराज आधारभूत विद्यालय रोल्पा नगरपालिका २ मा सत्प्रयास समुह र रोल्पा अस्पताल रेउघाको आयोजनामा विद्यार्थीहरुको दाँत र आँखाको परिक्षण तथा उपचार गरीएकोे छ । उक्त परीक्षण तथा उपचार कायर्यमा आँखाका १२० जनाको वालवालिकाको जाँच गरीएको र दाँत तथा मुख सम्बन्धी ९७ जना बालबालिकाको चेक जाँच गरीएको बताइएको छ । आँखाको जाँच गर्दा आँखाको नानीमा दाग भएको १ जना, आँखामा रगत जमेको १ जना, आँखामा समस्या भई चश्मा लगाउनु पर्ने २९ जनामा, आँखाको नानी हल्लीने अर्थात न्यास्ट्यागोमस भएको १ जना, कलर भिजनमा समस्या भएका ५ जना र आँखा बांगो भएको १ जना भेटिएका छन् । त्यस्तै दाँतको जाँच गरीएकोमा ४७ जना बालबालिकाको दाँत निकालिएको थियो ।

- Advertisement -
Ad image

सोही अवसरमा विद्यालयका सबै बालवालिका र कक्षा १ देखी ३ कक्षा सम्मका विद्यार्थीका अविभावकहरुको पनि दाँत, मुख तथा आँखाको जाँच गरेको आयोजकले बताएको छ । सत्प्रयास समुहले गर्दै आएको उक्त अभियानको बारेमा सत्प्रयास समुहका सदस्य खेम बुढामगरले सम्पुर्ण विद्यालयका अविभावक तथा विद्यार्थीहालई प्रष्ट्याउनु पार्नुभएको थियो । सोही कार्यक्रमका जंकफुड तथा नक्कली खाना र पोषणयुक्त खानाको फाइदा र असरको बारेमा रोल्पा अस्पताल रेउघाका सिनियर अहेभ कुलबहादुर डाँगीले जनाकारी दिनुभएको थियो ।  कार्यक्रममा नेत्रसहायक दिपा भण्डारीले समग्र विद्यार्थी तथा अविभावकलाई आँखाको हेरचाह र उपचारको बारेमा सल्लह सुझाव तथा आँखा स्वास्थ राख्ने उपायको बारेमा बताउनु भएको थियो भने मुख र दाँतको सरसफाई तथा हेरचाहको बारेमा डेन्टल सर्जन डा. पुजा कवरले जानकारी दिनुभएको थियो ।

रोल्पा अस्पताल रेउघाका डेन्टल हाईजेनिस्ट अलीहाईजर अन्सारी, हेल्थ असिष्टेन्ट कृष्ण प्रसाद डाँगी, अहेब पवन वली, अनमी सरस्वती घर्ति लगाएतले उक्त दाँत तथा मुखका साथै आँखा उपचार तथा चेक जाँच गर्नुभएको थियो । स

त्प्रयास समुहका सदस्य माधवकुमार वलीले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर घर्तिमगर, प्रध्यानाअध्यापक लिला आचार्य, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरु, सत्प्रयस समुहका सदस्य काशीराम डाँगी, पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाली कांग्रेस रोल्पाका सचिव शेरवहादुर थपा, विद्यार्थी, अविभवक लगाएतको उपस्थिति रहेको थियो ।

 

   

 

प्रतिक्रिया दिनुहोस्

Array