Ad image

चोरी केशमा फरार रोका १२ बर्ष पछी प्रहरीको नियन्त्रणमा, फैसला कार्यान्यनका लागि जिल्ला अदालतमा पठाइयो

मालश्री खबर
मालश्री खबर १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन १९ गते, रोल्पा ।

 

चोरी केशमा पुनरावेदन अदालत दाङले ९ वर्ष २ महिलना १५ दिन कैद सजाए तोकिएका रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ बलवाङ स्थायी घर भएका कृष्ण रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३५ वर्षिय रोका २०६७ साल जेष्ठ ९ गते देखी फरार रहेका थिए ।

- Advertisement -
Ad image

उनलाई विहिबार अपराहन्न साढे चार बजे ईलाका प्रहरी कार्यालय होलेरी बाट खटिएको प्रहरी निरीक्षक मधुसुदन बि.क को कमाण्डमा खटिएको प्रहरी टो्लीले होलेरी बाजरबाट नियन्त्रणमा लिएको हो । रोकालाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत रोल्पामा पठाइएको प्रहरी निरीक्षक बि.कले बताउनु भएको छ । रोका १२ बर्ष पछि प्रहरीको नियन्त्रणमा अएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array