Ad image

राङ्सीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ फाल्गुन २०७९, शुक्रबार
5 Min Read
Aa

सुर्यप्रकाश बुढामगर
मालश्री खबर/ फागुन १९ गते, रोल्पा । 

परिवर्तन गाउँपालिका–२ राङसीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका २ राङ्सी पोखरामा रहेको रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलको आयोजनामा एक दिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो । जनसेवा नमूना माध्यमिक विद्यालयको सभाहलमा भएको अभिभावक शिक्षा कार्यक्रमको अध्यक्षता रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल कमल वलीको रहेको थियो।अभिभावक शिक्षा कार्यक्रमको प्रमुख अतिथीमा परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरको रहेको थियो ।

       

 

- Advertisement -
Ad image

विशिष्ट अतिथीमा नेपाल शिक्षक महासंघ रोल्पा जिल्लाका अध्यक्ष तथा जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन मगर र निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन जिल्ला शाखा रोल्पाका उपाध्यक्ष मधु केसी रहनु भएको थियो । अतिथीमा लाईफ कोचिङ एकेडेमी काठमाडौंका डाइरेक्टर तथा नेपालकै ख्यातिप्राप्त प्रशिक्षक डी.आर दाहाल,परिवर्तन गाउँपालिका–२ का वडा सचीव रेग बहादुर डाँगी,जनसेवा नमूना माविका विव्यस अध्यक्ष चीज बहादुर विक, निजी विद्यालय शिक्षक समन्वय समिति ३ वटा गाउँपालिकाका अध्यक्ष कुल बहादुर डाँगी, परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगर,स्वास्थ्य चौकी राङ्कोटका इन्चार्ज अशोक विक, सहिद स्मृति युवा क्लबका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर,रिपब्लिकन इङलिस बोर्डिङ स्कुल माडी गाउँपालिका–२ का प्रिन्सिपल पार्वती बुढाथोकी र समाजसेवी बलवीर डाँगी लगायतको आतिथ्यता रहेको थियो ।

 

रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलका शिक्षिका अनिशा रोका मगरको स्वागत मन्तव्य बाट सुरु भएको अभिभावक शिक्षा कार्यक्रममा शुभकामना व्यक्त गर्नेमा रिपब्लिकन इङलिस बोर्डिङ स्कुल माडी गाउँपालिका–२ का प्रिन्सिपल पार्वती बुढाथोकी,सहिद स्मृति युवा क्लबका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर, स्वास्थ्य चौकी राङकोटका इन्चार्ज अशोक विक,निजी विद्यालय शिक्षक समन्वय समिति ३ वटा गाउँपालिका माडी, परिवर्तन र गंगादेव रोल्पाका अध्यक्ष कुल बहादुर डाँगी, जनसेवा नमूना माविका विव्यस अध्यक्ष चिज बहादुर विक, परिवर्तन गाउँपालिका–२ का वडा सचीव रेग बहादुर डाँगी र लाईफ कोचिङ एकेडमी काठमाडौका डाइरेक्टर डी.आर दाहाल लगायतले राखेका थिए ।

 

रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलका शिक्षिका तथा लेखापाल खिमु श्रेष्ठले कार्यक्रम आयोजना गर्नुको उद्देश्यका बारेमा कसरी विद्यार्थीको बानी सुधार गर्ने, शिक्षामा अभिभावकहरुको कस्तो भूमिका रहँन्छ र कसरी आ–आफ्नो बालबालिकाको पढाई तिर ध्यान दिन सकिन्छ लगायतका कुरालाई प्रकाश पार्नु भएको थियो । अभिभावक शिक्षा कार्यक्रमको मुख्य प्रशिक्षकमा लाईफ कोचिङ एकेडेमी काठमाडौका डाइरेक्टर तथा नेपालकै ख्यातिप्राप्त प्रशिक्षक डी.आर दाहाल रहनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथी निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन जिल्ला शाखा रोल्पाका उपाध्यक्ष मधु केसीले सदरमुकाम लिबाङ्मा मात्र सञ्चालन हुने अंग्रेजी मेडियलको पढाई सञ्चालन गरेर यो समाजको शिक्षालाई उठाउने भएको बताउनुभयो । साथै हावा बिना मानिसको जीवन रहँदै र पानी बिना पनि मानिसको जीवन नरह्ने भएकोले त्रिपक्ष सम्बन्ध हुनुपर्ने समेत बताउनुभयो।अर्को विशिष्ट अतिथी नेपाल शिक्षक महासंघ रोल्पा जिल्लाका अध्यक्ष तथा जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन मगरले अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेकोले आयोजकलाई धन्यवाद समेत दिनुभयो।

साथै सामुदायिक विद्यालय र संस्थागत विद्यालय दुबैको उद्देश्य एउटै भएकोले विद्यार्थीहरुलाई पढाउने भएको समेत बताउनुभयो । सबै अभिभावकको इच्छा मेरो छोराछोरी राम्रो बनोस् भन्ने अपेक्षा भएको र त्यो अपेक्षा अनुसार हुन नसकेको समेत दाबी गर्नुभयो।अहिले पढ् भन्दा जाँगर नगर्ने प्रवृत्ति भएकोले खेल भन्दा जाँगर लगाउने गरेको समेत बताउँदै त्यो समस्या हल गर्नु अहिलेको महत्त्वपूर्ण भूमिका रहेको समेत बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले कार्यक्रमको उद्घाटन गर्दै परिवर्तन गाउँपालिका शिक्षा क्षेत्रको सुधारको अभियानमा रहेको समेत बताउनुभयो । साथै केही दिन अगाडि गाउँपालिकाले शैक्षिक सम्मेलन गरेको स्मरण गराउँदै रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलले पनि त्यसलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गर्नु पनि महत्त्वपूर्ण भएको बताउनुभयो।

 

शिक्षाको उद्देश्य भनेको डाक्टर, पाइलट, इन्जिनियर, राजनीतिज्ञय तथा व्यापारी उद्योगी बनाउने भएता पनि त्यो हुन नसकेको समेत बताउनुभयो।साथै परिवर्तन गाउँपालिका शिक्षा क्षेत्रको सुधार गरी दक्ष जनशक्ति, मानव संशाधन तथा प्रतिस्पर्धामा भिड्न सक्ने हुनुपर्ने कुरामा बताउनुभयो । अभिभावक शिक्षा कार्यक्रमको सञ्चालन रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलका शिक्षक दिनेश परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्