Ad image

प्रेस सेन्टर नेपाल रोल्पाको १४ औं बार्षिक साधारण सभा लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर फागुन १८ गते, रोल्पा ।
प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाको १४ औं बार्षिक साधारण सभा रोल्पाको लिबाङमा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढामगरको प्रमुख आतिथ्यतामा भएको प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाले जानकारी दिएको छ । उद्धघाटन कार्यक्रमको बिशिष्ट अतिथिमा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष अजयदिप शर्मा र नेकपा माओबादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापाघर्ति रहनु भएको आयोजकले जानकारी दिएको छ ।


प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाकि उपाध्यक्ष देबिकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्वकर्मा, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य नबिनलोचन मगर, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश महासचिव भुपेन्द्र वली, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम गाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, सल्लाहकार माधब कुमार वली, नेपाल प्रेस युनिय रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द र नेपाल कर्मचारी संगठन रोल्पा नगरपालिका अध्यक्ष धर्मराज डाँगी लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो । प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका उपाध्यक्ष स्मृतीरोका मगरको स्वागत मनतव्य बाट शुरु भएको कार्यक्रमको संचालन प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका सचिव भरत नेपालीले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादीका केन्द्रिय सदस्य तथा रोेल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढामगरले अरुलाई बदल्नको लागी पहिले आफू बदलिनु पर्ने बताउनु भएको छ । आफु बदलिन नसक्ने हो भने अरुलाई बदल्छु भन्नु मुर्खता हुने बताउनु भयो । समाज परिबर्त गर्नको लागी स्वयम पत्रकारहरु पनि बदलिएर कलम चाएमा समाज परिबर्तन गर्न सम्भब हुने भएको हुनाले अब पत्रकारहरु पनि पहिले आफु बदलिएर अनि समाज बदल्नको लागी कलम चलाउनु पर्ने सुझाब दिनु भएको छ । त्यसको लागी अब प्रेस सेन्टर नेपाल रोल्पामा आबद्ध पत्रकारहरु बदलिने समय आएको समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्ने अन्य अधिकांस बत्ताहरुले पत्रकारहरु सँग आम नागरिकले धेरै बिश्वास र आश राख्ने गररेको हुनाले पत्रकारले जहिले पनि सत्यको पक्षमा रहेर कलक चलाउनु पर्ने बताएको थिए ।  एउटा पत्रकारले आफ्नो बिचार सिद्धान्त राख्ने बोक्ने स्वतन्त्रता भए पनि पत्रकारले चलाउने कमल भने सधै स्वतन्त्र हुनु पर्ने बताएको थिए । पत्रकारीता पेशा जहिले पनि सरकारकालाई सहि बाटो देखाउने प्रतिपक्षको भुमिकामा रहने भएको हुनाले पनि सबैको यो पेशा सँग ठुलो अपेक्षा हुनु स्वभाबिक हुने बताएको थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array