Ad image

पुर्बी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौर, रुइनिबाङ बजार अनुगमन

मालश्री खबर
मालश्री खबर १७ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

भरत बिश्वकर्मा / मालश्री खबर फागुन १७ गते, रोल्पा ।
पुर्बी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौर, रुइनिबाङ र खुंग्री बजार क्षेत्रमा रहेका पसलहरुको मंगलबार र बुधबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खाद्यान, होटल, तरकारी, आदी पसलहरुमा म्याद गएका अखाद्य बस्तु जफत गरिएको छ । हाड्वयर, इलेक्टोनिक्स फेन्सी आदी पसल अनुगमनका क्रममा भेटिएका प्रयोग गर्न नमिल्ने खालको सामाग्रीहरु बिक्री नगर्नको लागी निर्देशन गरिएकोे गाँउपालिकाले जानकारी दिएको छ । अनुगमनको क्रममा प्रट्रोल पदार्थ र नापतौलको समेत अनुगमन गरिएको थियो ।


सुनिलस्मृति गाउँपालिका र ईलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा कतिपय पसलहरुले साइनबोर्ड नराखेको, मुल्य सुचि नतासेको र दर्ता बिना नै व्यावसाय सञ्चालन गरेको भेटिएको गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेलले जानकारी दिनु भएको छ । त्यस्ता व्यावसाय सञ्चालन गरि रहेका व्यापारिहरुलाई तत्काल साइनबोर्ड राख्न, सबैले देखिने गरि मुल्यसुचि राख्न र तत्काल दर्ता गर्न निर्देशन गरिएको पौडेलले बताउनु भयो ।

अनुगमनका क्रममा कतिपय पसलमा दर्ता भन्दा पनि अन्य व्यापार व्यावसाय गरेको पाइएको हुनाले अब त्यस्ता व्यापारिलाई दर्ता अनुसार नै व्यावसाय गर्न सुझाब दिएको गाँउपालिका कर्मचारी दुर्योधन महराले बताउनु भएको छ । सुनिलस्मृती गाँउपालिका भित्र व्यापार व्यावसाय सञ्चालन गर्ने सम्पुर्ण व्यापारिहरुले तत्काल एक हप्ता भित्र अनिबार्य गाँउपालिकामा दर्ता र सुचिकृत गर्नु पर्ने गाँउपालिकाले बताएको छ । एक हप्ता भित्र गाँउपालिकामा दर्ता र सुचिकृत नहुने व्यापारिलाई कार्बाही गर्ने समेत गाँउपालिकाले जानकारी दिएको छ ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुलाई जफत गरि ईलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । जफत गरिएको अखाद्य बस्तुलाई प्रक्रिया पु¥याएर नस्त गरिने गाँउपालिको भनाई रहेको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array