Ad image

प्रदेश उपाध्यक्ष घर्तिलाई नेपाल प्रेस युनियन रोल्पाद्धारा सम्मान तथा बधाई ज्ञापन

मालश्री खबर
मालश्री खबर १५ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

शुसिला केसि /मालश्री खबर, फागुन १५ गते, रोल्पा ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमिती उपाध्यक्ष पहलमान घर्तिमगरलाई रोल्पामा एक कार्यक्रमका बिच सम्मान एंव बधाई कार्यक्रम ज्ञापन गरिएको छ । नेपाल प्रेस युनियन रोल्पाको आयोजना , नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्यको प्रमुख आथित्यतामा उक्त कार्यक्रम गरिएको नेपाल प्रेस युनियन रोल्पाले जानकारी दिएको छ । उत्त कार्यक्रमको बिशिष्ट अतिथिमा नेपाली कांग्रेस रोल्पाका पुर्व पाटी सभापति माधब प्रसाद आचार्य र कृष्ण बहादुर घर्तिमगर रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाकी उपसभापति एंव नेपाल प्रेस युनियन रोल्पाकी निबर्तमान अध्यक्ष तथा हालका सल्लाहकार कबिता उपाध्याय र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष पहलमान घर्ति मगरको आथित्यता रहेको आयोजकले जानकारी दिएको छ । घर्ति नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको पौष ५ र ६ गते दाङको घोराहिमा सम्पन्न अधिवेशन बाट उपाध्यक्ष पदमा सर्बसहमत चयन हनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्यले नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्तिलाई नेपाल प्रेस युनियनको लुम्बिनी प्रदेशको उपाध्यक्षमा सर्बहमत चयन भएकोमा बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिनु भएको छ । उक्त कार्यक्रममा बोल्दै सभापति आचार्यले नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले जहिले पनि सत्यको पक्षमा लागेर निस्पक्ष कलम चलाउनु पर्ने बताउनु भएको छ ।

- Advertisement -
Ad image

नेपाल प्रेस युनियन नेपाली कांग्रेस पाटी निटक रहेको पत्रकाहरुकोे संस्था भए पनि आफु र पाटीले आफ्नो अनुकुलको समाचार बनाउन प्रकाश र प्रसारण गर्नको लागी हिजो पनि पाटीले कुनै दबाब दिएन र भोली पनि कुनै दवाब नदिने बताउनु भएको छ । हिजो दिनमा कति पय व्यतिहरु पत्रकार भए पनि आज पेशा परिबर्तन गरेर फरक पेशामा आबद्ध भएको हुनाले त्यस्तालाई स-समान प्रेस युनियनको सदस्य बाट बिदाई गर्न समेत नेपाल प्रेस युनियन रोल्पालाई सुझाब दिनु भएको छ ।

आफ्नो पाटीको स्वार्थको लागी पत्रकारलाई निति बिधि भन्दा बाहिर गएर काम गर्नको लागी पाटीले कहिल्यै निर्देशन नगर्ने समेत बताउनु भएको छ । कार्यक्रकको सहजिकरण नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन रोल्पामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array