Ad image

नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाको ११ औँ जिल्ला अधिवेशनको उद्धघाटन

मालश्री खबर
मालश्री खबर १५ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

 

उमा बस्नेत
मालश्री खबर, फागुन १५ गते, रोल्पा ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाको ११ औँ जिल्ला अधिवेशन उद्धघाटन सोमबार जिल्ला सदरमुकाम लिवाङमा सम्पन्न भएको छ । रोल्पा उद्योग वाणिज्य संघको सभा हलमा उक्त कार्यक्रको आयोजना गरीएको थियो । नेपाल अधिराज्य भर मगर जातिको बाहुल्यता भएको र रोल्पा जिल्लामा पनि मगरको बाहुल्यता भएको कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष तथा केन्द्रिय कमिटी धनबहादुरको भनाई रहेको छ । साथै उहाँले थवाङमा मगरहरुको बृहत कार्यक्रम गर्ने , रोल्पालाई नमुना बनाउने र सुनछहरीमा विभिन्न भवनहरु निर्माण भईरहेको बताउनु भएको छ ।

- Advertisement -
Ad image

आफ्नो भेषभुषा,भाषा, रहन सहन र मगर जातिको संस्कृति सधै भरी जोगाई राख्ने दायित्व सम्पुर्ण मगर जनसमुदायको भएको कार्यक्रमका विषिष्ट अतिथी तथा नेपाल मगर संघका पुर्व केन्द्रिय सल्लाहकार नौलसिङ पुनमगरले बताउनु भएको छ ।

सोही कार्यक्रमका विशिष्ट अतिथी तथा नेपाल मगर संघका पुर्व केन्द्रिय सल्लाहकार कृष्णबहादुर घर्तिले नेपाल मगर संघ एउटा स्वतन्त्र संस्था भएकाले जिम्मेवारी पदमा पुगेकाहरुले आफ्नो जिम्मेवारी सही तरीकाले निभाउन आग्रह गर्नु भएको छ । राजनितिक आडमा आफुले पाएको पदको ख्याल गर्दै मगर संघ जस्तो स्वतन्त्र संस्थालाई आँच आउने खालको कुनैपनि कार्य नगर्न आग्रह गर्नुभयो । कार्यक्रमका अर्का विशिष्ट अतिथी रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिमगरले सम्पुर्ण मगरहरुको हक हित र संरक्षणका लागि सधै पवित्र भावले लाग्नु पर्ने बताउनु भएको छ । यो अधिवेषणबाट मगर संघलाई हाक्न सक्ने व्यक्ति मात्र मगर संघको जिम्मेवारी पदमा आउन आग्रह गर्नुभएको छ ।

अहिलेको अधिवेशनलाई भव्य तरीकाले हुननसकेको बताउदै अगामी दिनमा भव्य तरीकाले मगर दिवस मनाउने उल्लेख गर्नु भएको छ । उहाँले मगर संघले खेल्ने भुमिका सधै उच्च रहिरहने समेत बताउनु भएको छ । नेपाल मगर संघ जिल्ला सचिव नोखबहादुर पुन मगरले संचालन गर्नुभएको कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष कुमबहादुर पुनको अध्यक्षता थियो ।

कार्यक्रमको अन्य अतिथीमा नेपाल मगर संघ लुम्बीनी प्रदशका सचिव श्याम बुढामगर, रोल्पा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष नविन लोचन मगर, विद्धान तथा अग्रज डिबी टुहुरो, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमा अध्यक्ष मानसिंह विश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो । नयाँ कार्य समिति चयनको लागीे अहिले नेपाल मगर संघको बन्द सत्र चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array