Ad image

स्वर्गीय चन्दको सम्झनामा आयोजित श्रद्धाञ्जली सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ फाल्गुन २०७९, आईतवार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर 

मालश्री खबर/ फागुन १४ गते, रोल्पा ।

 

स्वर्गीय राम बहादुर चन्दको १३ औं दिनको शुद्धीकार्य तथा सम्झनामा आयोजित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका ३ करिबोट निवासी स्वर्गीय चन्दको फागुन २ गते ९२ बर्षको उमेरमा निधन भएको हो । परिवर्तन गाउँपालिका नेपाली कांग्रेस पार्टी रोल्पाको आयोजनामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्ती मगरको रहेको थियो । श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस पार्टी रोल्पाका सभापति किशोर कुमार आचार्य रहनु भएको थियो ।

- Advertisement -
Ad image

 

विशिष्ट अतिथीमा पूर्व राज्य मन्त्री सुरेन्द्र हमाल र पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगर रहनु भएको थियो । विशेष अतिथीमा नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सभापति तथा समाजसेवी राजनीतिज्ञय कृष्ण घर्ती मगर र नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सचीव हरि प्रसाद घर्ती मगर रहनु भएको थियो।अतिथीहरुमा नेपाली कांग्रेस पार्टी रोल्पाका पूर्व सचीव जित विक्रम मल्ल,नेपाली कांग्रेस पार्टीका पूर्व कोषाध्यक्ष झक्कु प्रसाद घर्ती मगर,नेपाली कांग्रेस पार्टीका पूर्व सह–सचिव दिपक श्रेष्ठ, नेपाली कांग्रेस पार्टी क्षेत्र नं.१(ख)का सभापति गोपाल घर्ती मगर,नेपाली कांग्रेस पार्टी रोल्पाका निवर्तमान कोषाध्यक्ष खडक बहादुर खत्री, निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मान बहादुर खत्री, नेपाली कांग्रेस पार्टी गंगादेव गाउँपालिका सभापति मीन बहादुर खड्का नेता ज्ञान बहादुर वली, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका–३ का वडा इन्चार्ज झपिराम डाँगी,राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार कृष्ण बहादुर थापा, नेकपा जिल्ला सदस्य भक्त बहादुर रिजाल र नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का लगायत रहनु भएको थियो ।

नेपाली कांग्रेस पार्टी परिवर्तन गाउँपालिका उपसभापति कुलबीर घर्ती मगरको स्वागत मन्तव्य बाट सुरु भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्नेमा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार कृष्ण बहादुर थापाले स्वर्गीय चन्द समाजको ऐना भएको बताउनुभयो।नेकपा परिवर्तन गाउँपालिका–३ का वडा इन्चार्ज झपिराम डाँगीले चन्द समाजको उदाहरणीय व्यक्ति भएको बताउनुभयो । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सचीव हरि प्रसाद घर्ती मगरले चन्दको प्रेरणा बाट सबैले सकारात्मक पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउदै, अहिलेको समाजको लागि महत्त्वपूर्ण पात्र भएको बताउनुभयो । पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगरले सिङ्गो पार्टीको लागि सम्झन लायक, सिक्न लायक भएको बताउदै पार्टीको लागि घाँटीमा पाँसो लगाउन समेत तयार हुने व्यक्ति भएको बताउनुभयो । चन्दले हिडेको पार्टीको बाटोमा उहाँका हिडिरहेको जिकिर समेत गर्नुभयो ।

पार्टीको ईमानदार सिपाही भएको बताउदै समाज र पार्टीको लागि चन्दको महत्त्वपूर्ण योगदान रहेकोे र राम्रो काम गरेको मान्छे मरेर गएपनी उसको नाम सधैं आइरहने बताउनुभयो । घर परिवारको तर्फबाट स्वर्गीय चन्दका कान्छा छोरा रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, युवा नेता, समाजसेवी, नेपाली कांग्रेस पार्टी रोल्पाका अनुशासन समितिका संयोजक विश्व कुमार चन्दले दुःखको यो घडीमा आएर घर परिवार जनमा सुखको अनुभुती दिनु भएकोमा सबैलाई धन्यवाद दिदै बुवाले देखाएको सकारात्मक बाटोमा सधैं हिड्ने समेत बताउनुभयो । साथै मान्छे जन्म लिएपछि एक दिन मर्ने निश्चित भएको बताउदै आफ्नो बुवाले देखाएको ईमानदारको बाटोमा हिडेर समाजको सकारात्मक काम गर्नमा आफूहरू सबै अगाडि बढ्ने समेत बताउनुभयो ।

नेपाली कांग्रेसका रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्यले उहाँको शरीर यहाँ नभए पनि उहाँले पार्टीमा गरेको संघर्ष योगदानलाई आफूहरूले सधैं सम्झी रहने समेत बताउनुभयो । साथै उहाँले देखाएको सकारात्मक बाटोमा उहाँका सन्तानहरु हिड्नेमा आफूले विश्वास लिएको समेत बताउनुभयो । उहाँ एउटा व्यक्ति मात्र नभएर पार्टी र समाजको लागि प्रेरणादायी र उदाहरणीय व्यक्ति भएको समेत बताउनुभयो । चन्दको जन्म १९८८ असोज ५ गते भएको थियो भने मृत्यु २०७९ फागुन २ गते ९२ बर्षको उमेरमा भएको हो । स्वर्गीय चन्दका श्रीमती,३ छोरा र ३ छोरी रहेका छन । स्वर्गीय चन्द पूर्व रिटायर भारतीय लाहुरे समेत हुन । श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय प्रतिनिधि दीपेन्द्र डाँगीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array