भरत बिश्वकर्मा /मालश्री खबर, फागुन १३ गते, रोल्पा ।
नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रोल्पाका जिल्ला कार्य समिती सदस्य लोकेन्द्र सेनको ममतामयी आमा स्व. इन्द्र कुमारी सेनको २०७९ साल फाल्गुण १ गते ७४ बर्षको उमेरमा भएको दुःखद निधनमा शोक तथा श्रद्धाञ्जली सभा गरिएको नेपाल पत्रकार महासंघ रोल्पा सचिव लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ । महासंघका सदस्य सेनको घर रोल्पा नगरपालिका वडा न. १ पेडीखोलामा शोक तथा श्रद्धाञ्जली सभा गरिएको बताइएको छ ।
शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशिराम डाँगी र अध्यक्ष नबिनलोचन मगरले दिवंगत आमा प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो । आमाको सपनालाई पुरा गर्नको लागी यो दुःखको क्षणलाई शक्तिको रुपमा परिणत गरेर अगाडी बढ्नको लागी हौसला समेत दिनु भएको थियो ।
शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रमका मृतक स्व. इन्द्र कुमारी सेनका कान्छा छोरा नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य लोकेन्द्र सेनले आफुहरु दुःखमा रहेको समयमा जसरी सहानुभुति, सद्धभाब, माया र हौसला प्रदान गर्नुृ हुर्ने नेपाल पत्रकार महासंघ रोल्पा, अग्रज पत्रकार, अन्य पत्रकार लगाएत सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो ।
शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर, निबर्तमान अध्यक्ष मानसिंह बिश्वकर्मा, सल्लाहकार माधब कुमार ओली, उपाध्यक्ष खुबिना सुनारी मगर, पत्रकार मिनराज रोका लगाएतको सहभागिता रहेको थियो । शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्