Ad image

सामूहिक लगानी र श्रमदान बाट घर–घरमा खानेपानी पुग्यो

मालश्री खबर
मालश्री खबर १३ फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

सुर्यप्रकाश बुढामगर

मालश्री खबर, फागुन १३ गते, रोल्पा ।

सुन्दा अचम्म लाग्न सक्छ, सामूहिक लगानी र श्रमदान बाट घर–घरसम्म खानेपानी पुग्यो भन्दा तर अहिले यो वास्तविक बनेको छ । पछिल्लो समयमा आफ्नो लगानी वा सामूहिक लगानी र श्रमदान गरेर विकास निर्माणको काम भएको त्यति पाइदैन । परिवर्तन गाउँपालिका–६ को साबिकको इरिबाङ १ ओहको साँहु डेरा टोलका करिब ८ घरले सामूहिक लगानी र श्रमदान बाट आ–आफ्नो घरमा खानपानी पुर्याउन सफल भएका छन । भाङहुचौर खोला देखि भोलच्यापर निर्माण गरि करिब एक किलोमिटर दुरी सम्म पानी ल्याउन सफल भएका हुन ।

- Advertisement -
Ad image

पहिले निर्माण भएको ट्याङ्कीलाई मर्मत गरि आ–आफ्नो घरसम्म पानी पुर्याउन सफल भएको बताइएको छ ।२५ एमल पाइप ६ मण्डल खरिद गरिए र जसको मुल्य १ मण्डल पाइपको १२ हजारको दरले ७२ हजार,सिमेन्ट ४ बोरा १ बोराको ८ सय बराबर ३ हजार २ सय,२० बोरा बालुवा,१ हेल्ल ट्याङ्कीको ५ हजार,प्रत्येक घरको निजी पाइप,धारामा लाग्ने एङ्गल,स्वाटसर र नटवल लगायत खरिद गरि पानी घर–घरसम्म पुर्याउन सफल भएको सोही टोलका कविराज बुढा मगरले बताउनुभयो।

साथै यतिमात्र नभएर प्रत्येक ८ घरबाट पानी निर्माणको लागि २० हजार बराबर नगद र २० दिन बराबर श्रमदान गरेको समेत बुढा मगरले बताउनुभयो।साथै करिब १ लाख ५० हजार बराबरको सामूहिक लगानी र श्रमदान बाट खानेपानी घर–घरसम्म पुगेको बुढा मगरले बताउनुभयो । सबैको सल्लाह अनुसार सामूहिक लगानी र श्रमदान बाट घर–घरमा पानी ल्याउनुको मुल कारण भनेको लामो समय देखि खडेरीले गर्दा पानीको मुहान सुक्न थालेपछि मानिसले प्रयोग गर्ने लगायत पशु चौपायाहरुलाई खुवाउन,मानिसले सरसफाई गर्न र शौचालयमा प्रयोग गर्नका लागि आफूहरूको व्यक्तिगत लगानीमा पानी ल्याउन सफल भएको सोही टोलका अर्को रत्न बहादुर बुढा मगरले बताउनुभयो ।

साथै बुढा मगरले भन्नुभयो“करिब दुई बर्ष अगाडी मात्र हो २०७७ साल तिर मात्र एक घर,एक धारा निर्माण भएको थियो तर त्यो देखावटी मात्र भएको थियो । लामो समयसम्म धारा निर्माण भएता पनि दुई बर्ष सम्म एक दिन पनि दुई थोपा पानी झरेन“अर्को कुरा निर्माण समितिको पनि ठूलो लाहप्रवाहीले गर्दा कामको दिगोपना नभएको टिप्पणी गर्नुभयो।उक्त टोलको ८ घरमा अहिले यसरी नियमित घरको अगाडि रहेको धारामा पानी आएपछि त्यहाँ स्थानीयहरु खुशी हुनुको साथै अब भने त्यति पहिलेको जस्तो पानीको समस्या भोग्नु नपर्ने बताएका छन।यसरी एक व्यक्तिको निर्णयमा सबै मिलेर काम गर्ने हो भने धेरै काम गर्न सकिन्छ भन्ने यो खानेपानी निर्माणको कामले बताउने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

Array