Ad image

यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धि अन्तिरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

सुुशिला केसि/मालश्री खबर, फागुन १२ गते, रोल्पा ।
यौन तथा प्रजनन स्वास्थ्य सुरक्षित गर्भपतन सम्बन्धि नागरिक समाज र महिला सञ्जाल सँग नागरिक अन्तिरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । पास नेपाल रोल्पाको आयोजना र आइपास नेपाल को सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । अन्तरक्रिया कार्यक्रमका रोल्पा जिल्लामा सुरक्षित गर्भ गर्भपतन को अवस्था, सुरक्षित गर्भपतन सम्बन्धि सामाजको धारणा, स्थानिय सरकार, सुरक्षित गर्भपतन सम्बन्धि सुचिकृत स्वास्थ्य संस्था , स्वास्थ्य कर्मि, नागरिक समाज लगाएत अन्य सरोकारवाला पक्षले हाल सम्म गर्भपतन गर्भपतनको क्षेत्रमा खेल्दै आएको भुमिकाको बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा सुरक्षित गर्भपतनको क्षेत्रमा पास नेपाल रोल्पा र आइपास नेपालले महत्वपुर्ण भुमिका खेलेको भन्दै सहभागिहरुले प्रसंसा समेत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा, कार्यक्रमको उदेश्य, पहिलेको कार्ययोजनाको समिक्षा, आउन सक्ने समस्या विश्लेषण तथा छलफल, दिगो पनका लागी खेल्नु पर्ने भुमिका, परम्परागत मुल्य मान्यता खेल तथा छलफल र आगामी दिनमा रोल्पा जिल्लामा सुरक्षित गर्भपतन सेवालाई प्रभाबकारी बनाउन सकिन्छ भनेर समेत छलफल गरिएको थियो ।

कार्यक्रमको सहिजिकरण आइपास नेपालका लुम्बिनी प्रदेश संयोज बिष्णु देवकोटा, पास नेपाल रोल्पाकि जिल्ला संयोजक ममता खत्रीले सहजिकरण गरेको बताएको छ । अन्तरक्रिया कार्यक्रमममा नागरिक समाज , महिला सञ्जाल, पत्रकार, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वंयम सेविका लगाएतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन पास नेपाल रोल्पाका सरद डाँगीले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array