Ad image

रोल्पाका सबै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

सुर्यप्रकाश बुढामगर
मलश्री खबर, फागुन १२ गते, रोल्पा ।

रोल्पाका स्थानीय तहहरुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा गाउँपालिका,नगरपालिका स्तरीय अन्तर्गत अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका,नगरपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका, नगरपालिका भित्रका विद्यालय र पालिका भित्रका खेलकुद विकास समितीको आयोजनाहरुमा सम्पन्न भएको हो ।

जसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्नेमा त्रिवेणी गाउँपालिका २०७९ माघ १५ देखि १७ गतेसम्म,थबाङ गाउँपालिका २०७९ माघ २० देखि २३ गतेसम्म,लुङग्री गाउँपालिका २०७९ माघ २६ देखि २९ गतेसम्म,रोल्पा नगरपालिका २०७९ माघ २७ देखि फागुन १ गतेसम्म, रुन्टिगढी गाउँपालिका २०७९ माघ २८ देखि फागुन १ गतेसम्म,माडी गाउँपालिका २०७९ फागुन १ देखि ३ गतेसम्म,सुनछहरी गाउँपालिका २०७९ फागुन ५ देखि ८ गतेसम्म,सुनिल स्मृति गाउँपालिका २०७९ फागुन ५ देखि ८ गतेसम्म,परिवर्तन गाउँपालिका २०७९ फागुन ५ देखि ८ गतेसम्म र गंगादेव गाउँपालिका २०७९ फागुन ६ देखि ९ गतेसम्म आयोजना गरिएको थियो ।

- Advertisement -
Ad image

 

रोल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुमा सञ्चालन गर्नेमा त्रिवेणी गाउँपालिका रहेको छ भने अन्तिममा सञ्चालन गर्ने गंगादेव गाउँपालिका रहेको छ।थबाङ गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा सोही गाउँपालिकाका अध्यक्ष ऋृषि केशव बुढा मगरको प्रमुख आतिथ्यमा रहेकोे थियोे भने परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा सोही गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्य रहेको थियो ।

 

लुङग्री गाउँपालिका,रोल्पा नगरपालिका र माडी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशसभा सांसद दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको थियोे । रुन्टिगढी गाउँपालिका,सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यमा भएको थियो।त्रिवेणी गाउँपालिका र गंगादेव गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा प्रतिनिधिसभाका सांसद ईश्वरी घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

८ वटा गाउँपालिका र १ नगरपालिकामा विद्यालयहरुको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको थियो । परिवर्तन गाउँपालिकामा भने जिल्लामै अन्य स्थानीय तहहरु मध्ये पहिलेनै गाउँपालिकाले खेलकुद विकास समिति बनाएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको हो।साथै रोल्पाको सबै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न स्थानीय तह बाट छनोट भएका १८ बर्ष देखि मुनीका खेलाडीहरुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन व्यवस्था अनुसार जिल्ला स्तरीय प्रतियोगिता फागुन १५ गतेदेखि सञ्चालन हुने समेत जनाइएको छ । जिल्लाबाट छनोट भएका खेलाडीहरु,प्रदेश सम्म र प्रदेशमा छनोट भएका खेलाडीहरु केन्द्र सम्म पुग्ने छन ।

प्रतिक्रिया दिनुहोस्