Ad image

जनज्योति मावि गजुलकाेटले विरेन्द्रशिलको विरासत, राष्ट्रपति रनिङ शिल्डमा पनि कायम राखेको अध्यक्ष बुढाथोकीको भनाई

मालश्री खबर
मालश्री खबर १० फाल्गुन २०७९, बुधबार
3 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर, फागुन १० गते रोल्पा ।

सुनिस्मृति गाउँपालिक स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनज्योती माध्यमीक विद्यलयले प्रथम स्थान हासिल गरेको छ । त्रिपुरेश्वरी माध्यमीक विद्यालय सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुग्रीमा भएको उक्त प्रतियोगितामा पालिका भित्रका ८ वटा विद्यालयलाई पछि पार्दै प्रथम भएको हो । लगातार तेस्रो पटक विजयी हासिल गरेपछी पालिकाबाट प्रदान गर्ने शिल्ड पनि जनज्योती माविले पाएको छ । सुनिस्मृति गाउँपालिकामा फागुन ५ गते दखी ७ गते सम्म तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको थियो ।

- Advertisement -
Ad image

३० स्वर्ण पदक मध्ये जनज्योती माविले १५ स्वर्ण पदक ६ रजत पदक र ३ कास्य पदक गरी जम्मा २४ पदक जिती प्रथम स्थान हासिल गर्न सफल भएको छ । राज्यको पुनरसंरचना हुनु भन्दा पहिले आयोजना गरीने विरेन्द्रशिलमा पनि जनज्योतिले धेरै पदकहरु जितेको स्मरण गराउदै सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले हिजोको विरासत आजको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि कायम गरेको जनाउनु भएको छ । जिल्लाको शैक्षिक अवस्थालाई सुधर गर्नको लागि साथै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नमा उच्च छवी बनाएको विद्यालयले खेल क्षेत्रमा पनि सबै भन्दा धेरै पदक जितेर उच्च छबी बनाउन सफल भएको छ ।

सुनिलस्मृती गाउँपालिका वडा नम्बर ६ गजुलकोटमा रहेको उक्त विद्यालयले प्राथमिक तहसम्मकाको शिक्षा वि.सं.२००८ बाट प्रदान गरेको थियो भने वि.सं. २०२३ साल देखी निम्न माध्यमिक तह सम्मको कक्षा सञ्चालन गरेको बताएको छ । साथै वि.सं. २०३३ साल देखी माध्यमिक विद्यालय सम्म पठन—पाठन संचालन हुदै आएको त्यस विद्यालयमा २०६६ साल देखि प्लस टुको पनि अध्यापान थालिएको छ । उक्त विद्यालयमा अध्ययन गरेका विभिन्न विद्यार्थीहरु अफिसर, अनुसन्धानको आईजिपी, एम.बि.बि.एस, एम.डि डाक्टर, इन्जिनियर, वकिल, विभिन्न कलेज तथा विश्वविद्यालयका प्रध्यापक, पुर्वसभासद र सांसद तथा विभिन्न उच्च वहदाका पदमा पुगी सेवा प्रवाह गरीरहेको विद्यालयका प्रध्याना अध्यापक युवराज सुबेदीले जनाकरी दिनु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण पदक, ५ रजत पदक र ५ कास्य पदक गरी रामेश्वरी माध्यमीक विद्यालय घोडागाउँ द्धितिय भएको छ भने ४ स्वर्ण पदक, ८ रजत पदक र ८ कास्य पदक गरी जम्मा २० पदक सहित त्रिपुरेश्वरी मावि खुंग्री तृतिय भएको छ । सहभागी विद्यालय मध्ये सुर्योदय मावि सुलिचौरले ३ स्वर्ण पदक, ४ रजत पदक र ४ कायस्य पदक गरी जम्मा ११ पदक जित्न सफल भएको छ । त्यसैगरी ज्योति प्रकाश माध्यमिक विद्यालय हरीगाउँले १ स्वर्ण पदक, २ रजत पदक र ३ कास्य पदक गरी जम्मा ६ पदक हात परेको छ भने ज्ञान मन्दिर विद्या गृह खुंग्रीले १ स्वर्ण पदक, १ रजत पदक र ३ कास्य पदक गरी जम्मा ५ पदक हात पारेको छ । चन्द्रप्रभा मावि मिझिङले २ रजत पदक र ३ कायस्य पदक गरी ५ पदकमा जित निकालेको छ साथै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेवाङले ३ कास्य पदक तथा नेपाल राष्ट्रिय माध्यमि विद्यालय अरेशले २ रजत पदक र १ कास्य पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array