Ad image

प्रचण्डले ९९ सय प्रतिशत विश्वासको मत प्राप्त गर्नु अस्थिरताको संज्ञा भएको पुर्व पार्टी सभापति घर्तिको भनाई

मालश्री खबर
मालश्री खबर ६ फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

 

मालश्री खबर, फागुन २६ गते, रोल्पा ।

 

‘कुनै बेला आमन्त्रित केन्द्रिय सदस्य भएर केन्द्रमा दौडधुपमा गरे तर अहिले जिल्लाका कार्यक्रममा व्यस्त छु’ समाजसेवी बुद्धिजिबी एवम् नेपाली कांग्रेसका पुर्ब पार्टी सभापती कृष्ण बहादुर घर्तीले भन्नु भयोे । कार्यक्रम मालश्री संबादमा पत्रकार गणेश केसी सगंको कुराकानिमा उहाँले यस्तो कुरा बताउनु भएको हो ।

- Advertisement -
Ad image

घर्तीले समाजको फाईदा र हित हुने राम्रो काम गर्नको लागि कुनै पद आवश्य नपर्ने बताउदै प्रभावकारी योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नको लागि अहिले पनि आफुमा खबी भएको दाबी गर्नु भएको छ । राजनितिमा होमिए देखि व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर दलिय हितको लागि काम गरेको समेत उल्लेख गर्नु भयो । राजनितिमा नैतिकता हुने भएकाले अहिलेका जल्दाबल्दा नेता तथा नयाँ पार्टीमा पनि नैतिकता नभएको बताउदै त्यसले गर्दा पार्टीलाई पतन तिर लैजाने तर्क उल्लेख गर्नु भयो । पद कै लागि दोहोरो भुमिका खेल्न पनि पछि नहट्ने राजनितिक छबि उच्च मानिएकाहरु पनि नैतिकताको पालना नगरेकाले आफ्नो सहतमा छिटै पुग्ने उहाँले आँकलन गर्नु भएको छ ।

 

बन्द कोठामा हुने राजनितिक दलका निर्णमा आफु सहमति नहुने र त्यस्ता कोठामा गरीएको निर्णयले उक्त दललाई नै असर पु¥याउने दाबी समेत गर्नुभएको छ । राजनिति एक खेल भएकाले सधै एकनास नभई बेला बेलामा उथल—पुथल भईरहने कुरा बताउनु भएको छ । आफु निकट नेपाली कांग्रेस २०४८ सालको निर्वाचनमा पहिलो भएको र त्यस पश्चात् २०५१ सालमा एमाले भन्दा पनि सानो दल भएको बताउदै राजनितिक खेल खेल्न नजान्दा सधैको लागि पतन हुने स्थिति सिर्जना हुन सक्ने बताउनु भएको छ ।

 

साथै उँहाले २०६४ सालमा पहिलो पार्टी भएको माओवादी केन्द्र अधोगति तिर प्रबेश गरीरहेको जिकिर गर्नु भयो । राजनितिक खेलमा हार जित र तल माथीको चलखेल हुने भएकाले माओवादीलाई अझै पनि सच्चिने मौका रहेको कुरा उल्लेख गर्नुभएको छ । जनतालाई झुक्याएर पद जित्ने पार्टीको पछिल्लो समयमा निकै हावी भएकाले ति दलहरुको आयु निकै छोटो भएको आरोप लगाउनु भएको छ ।

 

घर्तिले नेपाली कांग्रस सम्पुर्ण अलोकतान्त्रिक पार्टीलाई लोकतन्त्रको सीमामा ल्याउने एक निडर र निष्ठावान पार्टी भएकाले सधै जनताको हित र पार्टीको विधान भित्र रहेर आफ्नो निर्णयको कार्यान्वयन गर्ने कुरा स्पष्ट पार्नु भयो । प्रधानमन्त्री प्रचन्डलाई किन विश्वासको मत दिएको नि ? भन्ने प्रश्नमा घर्तिले मत पाए भन्दैमा दम्भ नदेखाउन सुझाव दिदै ९९ सय प्रतिशत विश्वासको मत प्राप्त गर्नु अस्थिरताको संज्ञा भएको दावी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्