Ad image

सुनिलस्मृति गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु – मन्त्री महराद्धारा उद्धघाटन्

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
5 Min Read
Aa

मालश्री खबर/ फागुन ५ गते, रोल्पा ।
सुनिलस्मृति गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार उद्धघाटन गरीएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुग्रीमा रहेको त्रिपुरेश्वरी माद्यामिक विद्यालयमा कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिकाले जनाएको छ । उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजकमा त्रिपुरेश्वरी माद्यामिक विद्यालय रहेको छ भने सुनिलस्मृृति गाउँपालिका व्यवस्थापकको रुपमा रहेको बताइएको छ ।

उक्त कार्यक्रम उद्धघाटन गर्न प्रमुख अतिथिको रुपमा पुग्नु भएका लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले पालिकामा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सभ्य र भब्य ढंगबाट सम्पन्न होस भनि शुभकामना व्यक्त गर्नु भएको छ । पालिका भित्रका माद्यामिक विद्यालयहरु बाट खेलकुदका विभिन्न विधामा सहभागी हुने विद्यार्थीहरुलाई मैत्रीपूर्ण ढंगले उच्च अनुशासित भई खेल खेल्न आग्रह गर्नु भयो । नियम संगत खेलमा सहभागी भई अब्बल खेलाडिको रुपमा आफुलाई साबित गर्दै अगाडी बढ्न विद्यार्थीहरुलाई सुझाब दिनु भएको छ ।

विद्यालय स्तरमा शिक्षाका साथ साथै खेलकुदको व्यबस्था गर्दा विद्यार्थीहरुको चौतर्फि विकास हुने बताउनु भएको छ । खेल व्यक्तिको लागी मात्र आवश्यक नभई परिवार, समाज, गाँउ, जिल्ला, राष्ट्रको लागि महत्वपूर्ण माध्यम भएको जानकारी गराउनु भयो । खेलकुदको माध्ययमबाट आफ्नो पालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि यस्ताखाले खेलले महत्वपूर्ण योगदान दिने कुरा उल्लेख गर्नुभएको छ ।

शिक्षा, खेलकुदका साथसाथै विद्यार्थिले अनुशाशित ढंगले खेलमा प्रतिसप्रर्धा गर्न आग्रह गर्नु भएको छ । पालिका स्तरमा हुने यस्ता प्रतियोगिताबाट छनोट हुंदै अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा राख्ने खुबी बनाउन सम्पुर्ण विद्यार्थी खेलाडीलाई सुझाव समेत दिनुभएको छ । हारमा नआक्तिने गरी र जितमा नमाक्तिने गरी खेललाई अनुशासित ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ । साथै सोही कार्यक्रममा बाल्दै मन्त्री महराले सुनिलस्मृति गाउँपालिकाको शिक्षा, खेलकुद, स्वास्थ्य, भौतिक पुर्वाधारका साथै चौैतर्फि विकासको लागि पालिकाका सम्पुर्ण पदाधिकारीसँग आफुले निरन्तर छलफल र बहस गरीरहेको बताउनु भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा सुनिलस्मृति गाउँपालिकाका निवर्तमा अध्यक्ष साथै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्तिमगरले खेल देश र राष्ट्रको पहिचानको लागि नभएर समाज परिवर्तनको सम्बाहक भएको कुरा उल्लेख गर्नुभएको छ । विगताको अनुभवलाई आर्जन गर्दै यस पटकको खेललाई अनुशाशित पुर्वक आफ्नो क्षमतालाई प्रदर्शन गर्न आग्रह गर्नु भयो । खेलाडिहरुले दम्भको भावना नदेखाई निष्पक्ष ढंगले खेलकुद प्रतियोगितामा सहभागी हुने अपेक्षा गरेको बताउनु भएको छ । राष्ट्रको लागि खेलकुख स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नारालाई सार्थकता दिनको लागि लगनशिलता पुर्वक खेल खेल्नु पर्ने बताउनु भयो ।


गाउँपलिकाका अध्यक्ष मणिराम बुढाथोकीले छोटो समयमा सबै निकायसँगको छलफल र अन्तरक्रिया पश्चात पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न सफल भएकोमा गर्भ महशुस भएको बताउनु भएको छ । छोटो समयमा भए पनि सबैको सल्लाह र सुझाबलाई लिएर भए पनि यो अवस्थामा पुगेको बताउनु भयो । कार्यक्रममा सबै सहभागि बिद्यार्थि र बिद्यालयहरु जितको नतिजा आफ्नो हातमा पार्नको लागी आएको भए पनि खेलमा केहिल्यै बराबरा नहुने एक पक्षको जित एक पक्षको हार अवश्य हुने भएको हुनाले जितमा नमात्तिन र हारमा नआत्तिन समेत खेलाडी बिद्यार्थिहरुलाई आग्रह गर्नु भएको छ । यस कार्यक्रम सञ्चालन गर्नको लागि साथ र सहयोग गर्ने सम्पुर्ण वडा र विद्यालयलाई विषेश आभरप्रकट गर्नुभएको छ । साथै बुढाथोकीले सम्पुर्ण विद्यालयलाई मर्यादित र अनुसासित ढंगले खेल खेल्नको लागि अपिल गर्नुभएको छ ।

त्यस्तै सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले जुनसुकै कुराको विकास गर्नको लागि अनुशासन अपरिहार्य तत्व भएकाले अनुशासनलाई आत्मसात गरेर अगाडी बढ्नु पर्र्ने सबैको दायित्व भएको बताउनु भएको छ । शिक्षा र खेलकुदको माध्यमबाट समाज र राष्ट्र परिवर्तन गर्नको लागि मर्यादित भएर आफ्नो क्षेत्रमा लाग्नु पर्ने कुरा उल्लेख गर्नु भयो । खेलकुद सञ्चालन गर्नको लागि अहोरात्र खटिनु हुने समपुर्ण टिमलाई उपाध्यक्ष थापाले विशेष आभार प्रकट गर्नु भएको छ । खेलमा सहभागि भएका सम्पुर्ण विद्यार्थीलाई जितको अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो ।


सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय दिनेश पौड्लले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै सभ्य र भव्य रुपमा खेल सम्पन्न गर्नको लागि सकारात्मक साथ र सहयोगको अपेक्षा गरेको बताउनु भएको छ । निष्पक्ष ढंगबाट विद्यार्थीको खेलको सम्मान गर्दै प्रतियोगितामा विद्यार्थीलाई आफ्नो क्षमताको प्रदर्शन गर्न अनुरोध समेत गर्नुभएको छ ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चानल सुनिलस्मृति गाउँपालिका शिक्षा शाखा प्रमुख यादब केसीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती रोल्पाका अध्यक्ष मोलङ घर्ति, गाउँपालिका भित्रका माद्यायामिक विद्यालयको तर्फबाट जनज्योति माध्यमिक विद्यालय गजुलका प्रध्यानाअध्यापक युवराज पोख्रेल लगाएतले सुभकामना मन्व्य राखेका थिए । पालिकामा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका ९ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको जनाइएको छ । उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन ७ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ । कार्यक्रममा गाँउपालिका भित्रका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार, सुरक्षाकर्मि,अभिभाबक, खेलाडी, शिक्षक,बिद्यार्थि लगाएको सहभागिता रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्