आफ्नै बुवाकाे हत्या गरेको आराेपमा छाेरा पक्राउ परेका छन। पक्राउ पर्नेमा माडी गाउँपालिका -५ बाग्मा बस्ने ३७ वर्षीय नर बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।बुढाले ६९ वर्षीय बुवा प्रथमन बुढालाई कुटपिट गरेर हत्या गरेकाे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकि भाबाङबाट खटिएको प्रहरी टाेलिले साेमबार उनलाई पक्राउ गरेको हाे।

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय घर्तिगाउबाट प्रहरी निरीक्षक देबराज भट्टराईकाे कमान्डमा प्रहरी टाेलि घटनास्थल पुग्दा मृतक प्रथमनकाे मुख, आँखा, कानमा चाेटपटक देखिएकाे र कुटपिट गर्ने छाेराकाे मानसिक सन्तुलन समेत ठिक नभएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए।

- Advertisement -
Ad image

प्रहरी निरीक्षक भण्डारीका अनुसार बाबू छाेरा घरमा एक्लै थिए। मृतक प्रथमनकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ भने पक्राउ परेका नरबहादुरलाई ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा राखि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।