Ad image

रेडियो सभ्यता तेस्रो बर्षमा प्रबेश : सोही अवसरमा बिरामीहरुलाइ फलफुल बितरण

मालश्री खबर
मालश्री खबर २ फाल्गुन २०७९, मंगलवार
4 Min Read
Aa

मालश्री खबर, फाल्गुन २ गते, रोल्पा ।

रेडियो सभ्यता तेस्रो बर्षमा प्रबेश गरेको छ । सफलता पुर्वक दुई बर्ष पार गरेको अवरसमा रेडियो सभ्यताले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेरको रेडियो प्रशासनले जनाएको छ । २०७७ साल फाल्गुन १ गतेबाट आफ्नो परिक्षण प्रसारण थालेको रेडियो सभ्यता ९९.५ मेगाजर्हमा सुन्न सकिने रेडियोे प्रशासनले जानकारी दिएको छ । यसका साथै अनलाइनमा रेडियो सभ्यता डटकम, फेसवुक पेज, हाम्रो पात्रो लगाएतमा सामाजिक संजालहरुबाट पनि सुन्न सकिने बताइएको छ ।

 

- Advertisement -
Ad image

बार्षिक उत्सवको अवसरमा प्रथामिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना भएका १० जना बिरामीहरुलाइ फलफुल बितरण गरिएको थियो । फफुल बितरण कार्यक्रमको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथिमा सुनिल स्मृती गाँउपालिका निबर्तमान अध्यक्ष गुणेन्द्र घर्तीको रहनु भएको थियो । कार्यक्रममा सुनिल स्मृती गाँउपालिकाका उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल, सुनिलस्मृती गाँउपालिकाका वडा नं ४ का निबर्तमान अध्यक्ष गन्जबहादुर क्षेत्री, रोल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष मिलन रोका, रोल्पा जलजला यातायात प्रालि रोल्पाका बरिष्ठ उपाध्यक्ष शंंकर बिष्ठ, होटल ब्यवसायी संघ रोल्पाका बरिष्ठ उपाध्यक्ष शाहिराम बिष्ट, सुर्योदय मावि सुलिचौरका प्रधानाध्यापक बेगम बहादुर कवर, समाजसेबी तथा बुद्धिजिबी अमृत बहादुर घर्ती क्षेत्री र शालिकराम सुबेदी, रेडियो सन्चालनक समितीका सदस्यहरु श्रीकुमारी रोका, लिलाधर आचार्य, जसमाया पुन लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रममका प्रमुख अथिती सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथाकीले रेडियो सभ्यताले सुरुवाती चरणबाट राम्रो कामको थालनी गरेकोमा रेडियोलाई थप प्रगतिको सहित बधाई एंवम शुभकामना दिनु भएको छ । निष्पक्ष रुपमा सत्य तथ्य शन्देश प्रबाह गरेर आगामी दिनहरमा पनि यसरीनै आम नागरिकको मन जित्नु पर्नेमा समेत रेडियोलाई सुझाव दिनु भएको छ । राज्यलाई सहि बाटोमा डो¥याउन र स्थानिय सरकारलाई पनि सहि बाटोमा डो¥याउनको लागि रेडियो महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने आफुले अपेक्षा गरेको कार्यक्रमका प्र्रमुख अतिथी बुढाथोकिले बताउनु भएको छ । स्थानिय सरकार सधै रेडियो सभ्यतासँग सहकार्य गरेर रेडियोकै माध्यमबाट आम नागरिकका हरेक समस्याहरुसँग नजिक भएर समाधान गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अथिति सुनिल स्मृती गाउँपालिका निवर्तमान अध्यक्ष गुणेन्द्र घर्तिले रेडियो सभ्यता नाममा मात्रै नभई नाम अनुसार नै काम गरेर सभ्य समाज निमार्णको लागी सधै यसरी लाग्नु पर्ने सुझाब दिनु भएको छ । आम गरिब दुखी जनताका कुन्ठित आवाजलाइ बुलन्द गर्ने एक मात्र माध्यम रेडियो भएको बताउदै कार्यक्रमका बिशिष्ट अतिथि घर्तिले कहिल्यै पनि रेडियो सभ्यताले नागरिकलाई निरास नबनाउनेमा आफु बिश्वस्त भएको प्रतिकृया दिनु भएको छ । उँहाले रेडियोको उपयोगिता कहिल्यै नसकिने बताउदै, संचार क्षेत्रमा नयाँ नयाँ माध्महरुको विकास भए पनि रेडियोको भविष्य सँधै उज्यालो रहने बताउनु भएको छ । यसरी रेडियोले आफ्नो जन्मदिनको अवसरमा गरेको कामको प्रशंसा गर्दै वार्षिकोत्सवको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरि बिरामीहरुको मनोबल बढाइदिएकोमा रडियो परिवारलाइ धन्यबाद समेत दिनु भएको थियो ।

 

रेडियो सञ्चालक संस्था मालश्री गु्रप मिडीया प्रालिका अध्यक्ष डिबी घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो सञ्चालक संस्था मालश्री गु्रप मिडिया प्रालिका सदस्य लोकेन्द्र चन्दले गर्नु भएको थियो । यसरी रेडियोले आफ्नो जन्मदिनको अबसर पारेर प्राथमिक स्वास्थ्य केन्द्रका बिरामिहरुलाई फलफूल वितरण गरेको स्वाथ्य केन्द्रका डाक्टर हेमराज बुढाथोकिले रेडियोको थप प्रगतिको शुभकामना दिंदै धन्यवाद प्रकट गर्नुभएको छ । पुर्बि रोल्पाको मुख्य ब्यापारीक केन्द्र सुनिल स्मृती गाउपालिकामा रहेको रेडियो पुर्बि रोल्पाको लुङ्गी गाँउपालिका, सुनछहरी गाँउपालिका, सुनिलस्मृति गाँउपालिका, रोल्पा नगरपालका लगाएतका पालिकाहरुमा यसको प्रसारण पहुच रहेको रेडियोले जानकारी दिएको छ । रेडियो बिहान ५ बजे देखि बेलुका ११ बजे गरि दैनिक १८ घन्टा सन्चालमा रहेको छ । रेडियोले विभिन्न चेतनामुलक तथा संगितिक कार्यक्रमहरु संचालन गर्र्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array