मालश्री खबर, फाल्गुन १ रोल्पा । २८ औं जनयुद्ध दिवस विधित कार्यक्रमका बिच रोल्पाको लुङग्री वडा नं. ३ जुतुङखोलामा पनि मनाइएको छ । चिउधारा शहिद गेट देखि चिउरापाखासम्म ¥याली गरि मनाइएको हो । चिउधारा प्रतिक्षालयमा पुगेर कार्यक्रमको कोण सभामा परिणत भएको थियो । कार्यक्रमको अध्यक्ष नेम बहादुर खड्का रहनुभएको थियो । कार्यक्रमको प्रमुख अथितिमा पुर्व सभापुख कृष्ण बहादुर महरा रहनुभएको नेकपा माओबादी केन्द्र जुतुखोलाले जानाएको छ । कार्यक्रमको बिशिष्ट अथितिमा नेकपा माओबादी केन्द्र रोल्पाका जिल्ला संयोजक तथा बैकल्पिक केन्द्रीय सदस्य गुणेन्द्र घर्ति मगर बिज्ञान, लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, , लुम्बिनी प्रदेश सदस्य तथा लुङग्री गाउँपालिका पार्टी इन्चार्ज तुलाराम खड्का रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजेन्द्र खड्काले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य नेकपा ३ नं. वडा पार्टी अध्यक्ष शिवलाल घर्ति मगरले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अथितिको रुपमा रहनुभएका पुर्वसभामुख कृष्ण बहादुर महराले शहिद भएको झर्मन पुन कमरेड रोशनलाई एउटा निडर व्यक्ति रहेको समेत बताउनुभएको छ । जनयुद्धले हामीलाई बिभिन्न पाठ् सिकाएको समेत बताउनुभएको छ । जुन महान जनयुद्धको इच्छा, चाहना,भावना अनुसार नेपाली जनताले विकासको अनुभव गर्न नपाएको समेत बताउनुभयो ।
साथै सहिद,घाइते, अपाङ्ग लगायतले परिवर्तनको महशुस गर्न नपाएको समेत बताउनुभयो । जनयुद्धको मुख्य उद्देश्य देशलाई परिवर्तन गरि विकास उन्मुख बनाउने भए पनि अहिले त्यो हुन नसक्नु दुर्भाग्य पूर्ण भएको समेत बताउनु भयो।विगतका जनयुद्धको समयमा घटेका घटनाहरुलाई स्मरण गरेर शहिद तथा शहिदका परिवारलाई धन्यवाद समेत व्यक्ति गर्नुभएको थियो । घाइते तथा अपाग परिवारलाई सम्मान गरिएको साथै कार्यक्रममा लुङग्री गाउँपालिका वडा नं. २ सिर्पबाट ६ जनाले बिभिन्न पार्टी परित्याग गरि नेकपा माओबादी पार्टीमा प्रबेश गरेका थिए । त्यहाँबाट याम बहादुर खड्का उदाशीले जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्