Ad image

शहिदहरुको सपना अझै पुरा नभएको-भरत बम सी

मालश्री खबर
मालश्री खबर १ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर १ फाल्गुन रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा स्कूलिङ विभागका प्रमुख भरत बम सीले शहिदहरुको सपना अझै पुरा नभएको बताउनु भएको छ।नेकपा परिवर्तन गाउँपालिकाले आयोजना गरेको वीरजंग स्मृति प्रथम कपको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । प्रमुख अतिथी समेत रहेका बम सीले आजकै दिन २०५२ साल फाल्गुन १ गते देखि यो देशको लागि परिवर्तन र व्यवस्थाको विरुद्ध अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लगायत धेरै नेतृत्व पंक्तिले सुरु गरेको दिन भएको समेत बताउनुभयो।

यो आजको दिन ऐतिहासिक भएकोले सोही अवसर पारेर पार्टीका केन्द्रिय सदस्य स्वर्गीय विरजंगको प्रथम स्मृति कप आयोजना गरेर उहाँको त्याग, संघर्ष र योगदानको सम्झना गराउने गरेको समेत बताउनुभयो।जुन महान जनयुद्धको इच्छा, चाहना,भावना अनुसार नेपाली जनताले विकासको अनुभव गर्न नपाएको समेत बताउनुभयो।साथै सहिद,घाइते,अपाङ्ग लगायतले परिवर्तनको महशुस गर्न नपाएको समेत बताउनुभयो।जनयुद्धको मुख्य उदेश्य देशलाई परिवर्तन गरि विकास उन्मुख बनाउने भए पनि अहिले त्यो हुन नसक्नु दुर्भाग्य पूर्ण भएको समेत बताउनु भयो।

अब देशको मुहार फेर्नको लागि सबै शक्तिहरु आवद्ध हुनुपर्ने समेत बताउनुभयो।साथै शहिदको लागि एक दिन सम्झेर मात्र सहिदको सपनाहरू साकार नहुने समेत बताउनुभयो।उहाँहरुको सपना पूरा गर्नको लागि अहिलेको विकास र समृद्धि रहेको समेत बताउनुभय।देश परिवर्तन गर्नको लागि एउटै मञ्चबाट अभियानको सुरुवात गरेका एक शक्ति सत्तामा पुगेको र अर्को शक्ति सत्ता बाहिरको नेतृत्व गरिरहेको समेत बताउनुभयो।बाहिर नेतृत्व गरेको शक्ति को हो त भन्दा आफूहरू अर्थात नेपाल कम्युनिष्ट पार्टी भएको समेत बताउनुभयो।अर्को सत्तामा पुगेको को हो भन्दा नेकपा माओवादी केन्द्र भएको समेत बताउनुभयो।साथै अहिलेका नेतृत्व गरेका सत्तारूढ शक्तिहरुले जनताको आवश्यकता अनुसार डेलिभरी दिन नसकेको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array