Ad image

सुनछहरी गाउँपालिका ५ थनबाङमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
2 Min Read
Aa

जुनिस कुमार बिष्ट/ मालश्री खबर, माघ २८ गते, रोल्पा ।

सुनछहरी गाउँपालिका ५ थनबाङमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र सुनछहरी गाउँ समितिका सल्लाहकार सतबहादुर खत्रीको स्वर्गीय श्रीमती रमितादेवी खत्रीको १३ औं दिनको अवसरमा पार्टीका गाउँ समिति सदस्य तथा कार्यालय सचिव झने घर्तीमगर जीवन,सुनछहरी गाउँपालिका ५ जैमाकसलाका वडा अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका गाउँ समिति सदस्य देवीलाल रोका मगर जोखिम,सुनछहरी गाउँपालिका कार्यपालिका सदस्य अनिशा बिष्ट,नेपाल पत्रकार महासंघ जिल्ला समिति सदस्य जुनिस कुमार बिष्ट,नेकपा एमाले गाउँपालिका समिति सचिव हर्क खत्री,राप्रपाका जिल्ला उपाध्यक्ष तेकेन्द्र खत्री,धारा थनबाङ टोल बिकास संस्थाका अध्यक्ष पुस्तबहादुर खत्री,नेकपा एमालेका सल्लाहकार रिमु सुवेदी, वाइसीएल नेपाल सुनछहरी गाउँपालिका वडा ५ का अध्यक्ष बिराज बुढाथोकी लगाएतको बिशेश उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

 

- Advertisement -
Ad image

श्रद्धाञ्जली सभामा स्वर्गीय खत्रीका श्रीमान सतबहादुर खत्री र छोरी पुर्ण बहादुर खत्रीले स्वर्गीय खत्रीको फोटोमा मालर्यापन तथा अबिर चढाई श्रद्धाञ्जली गर्नुभएको थियो भने अन्य उपस्थिति सबैले मृत्युकको फोटोमा अबिर ल्यापन गरि श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा एमालेका हर्कबहादुर खत्री,वडा अध्यक्ष रोका र पार्टीका गाउँ समिति सदस्य तथा कार्यालय सचिव घर्तीले आफ्नो भनाइ राख्नुभएको थियो। मृतकका श्रीमान एक छोरा र एक बुहारी ४ जना नातिनातिनाहरु रहेका छन भने ४ जना छोरीहरु रहेका छन् ।२००५ साल फागुन १७ का दिन जन्मिनुभएका खत्री २०५३ सालदेखि पार्टीको महिला सेल कमिटीमा आबद्ध हुनुहुन्थ्यो । पार्टीका वडा कमिटी अध्यक्ष दुर्गाबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पार्टीका वडा सचिव रामबहादुर पुनले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

Array