Ad image

नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको ३५ औँ बार्षिक साधारण सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
2 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर, माघ २८ गते, रोल्पा ।

नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको ३५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । माघ २८ गते अर्थात आज जिल्लाको सदमुकाम लिवाङमा उक्त बार्षिक साधारण सभा सम्पन्न भएको आयोजकले बताएको छ । कार्यक्रममा जिल्लामा भएका १५ वटा उपशाखा मध्ये १२ उपशाखा सभापतिहरुको उपस्थिति रहेको थियो । बार्षिक साधारण सभाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरेको छ । साथै आज भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ ।

जिल्ला शाखाले नेपाल रेडक्रस सोसाईटी पोवाङ उप-शाखालाई जग्गा दान गर्ने यशस्कर सदस्य सुनबहादुर पुन मगर र कालु पुन मगरलाई दोसल्ला ओढाई सम्मानका साथै प्रमाणपत्र प्रदान गरेको छ । सोही कार्यक्रममा शाखाले २३ जना विशिष्ट सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । शाखाले उत्कृष्ट स्वयम्सेवकको रुपमा होलेरी उपशाखाका सभापति लक्षिराम थापालाई सम्मान गरेको जनाएको छ । उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा ब्लड् बैंकका ल्याब सहायक कल्पना डाँगी लाई सम्मान गरेको छ भने उत्कृष्ट उपशाखा भएकोमा कोटगाउँ उपशाखालाई सम्मानित गरिएको बताएको छ ।

- Advertisement -
Ad image

नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाका सभापति डि.बी. घर्तिमगरको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको प्रमुख अतिथीमा लुम्बीनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य, रोल्पा नगरपालिकाका उप्रमुख गिता आचार्य, प्रमुख जिल्ला अधिकारी परमानान्द घिमिरे रहनु भएको थियो । नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखका मन्त्री अम्मर घर्तिले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्