Ad image

बैदेशिक रोजगारीमा जानु पुर्व आधरभूत सीप सिकेर जान सहकोषाध्यक्ष घर्तिको आग्रह

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
3 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर, माघ २८ गते, रोल्पा ।

जिल्लाबाट बैदेशिक रोजगारीका लागि साउदी जानेहरु पहिलेको भन्दा सुरक्षित र ब्यस्थित भएको बताइएको छ । अन्तराष्ट्रिय रोल्पाली सेवा समज साउदी शाखाका सह—कोषाध्यक्ष उमान घर्तिमगरले पत्रकार केणेश केसीसँग कार्यक्रम मालश्री संबादमा कुराकानी गर्दै उक्त कुरा बताउनु भएको हो । बैदेशिक रोजगारीका लागि जानेहरु अहिले आफु पनि धेरै सचेत भएकाले अलपत्र नपरेका बताउनु भएको छ ।

 

- Advertisement -
Ad image

कुराकानीकै क्रममा घर्तिले आफु सचेत नुहदा पनि अलपत्र पर्ने संभावना धेरै हुने कुरा उल्लेख गर्नु भयो । बैदेशिक रोजगारीमा जादै गर्दा आफु कुन देश जादै छु, के कामको लागि कुन कम्पनीमा जादै छु, लागत कति लाग्छ, पारिश्रमिक कति पाईन्छ लागाएतका कुरा थाहा नपाई हचुवाको भरमा बैदेशिक रोजगारीमा प्रबेश गर्दा थप समस्या आउने बताउनु भएको छ । उहाँले श्रमस्वीकृति लिएर जाने देश, गर्ने काम, खटिनु पर्ने समय, पारिश्रमिक सबै कुरा को किटान रोजगारीमा जानु भन्दा पहिलेनै निर्धारण गर्नु पर्ने बताउनु भएको छ ।

 

अर्को तर्फ मेनपावर कम्पनीले नभएको कुरालाई पनि बढाई चाढाई गरी धेरै भ्रम छरेकाले पनि अलपत्र र सोचेको जस्तो परिणम प्राप्त नहुने बताउनु भएको छ । बैदेशिक रोजगारीमा जानु पुर्व आधरभूत सीप सिकेर जान आग्रह गर्नु भयो । हाल रोल्पा जिल्लामा सञ्चालन भईरहेको सामी परियोजनाले पनि बैदेशिक रोजगरीमा जानेहरुको लागि प्रयाप्त मात्रमा सुुसुचित गर्नको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गन पनि सुझाउनु भएको छ । सामी परियोजनाले विभिन्न पालिकासँग समन्वय गरि आधारभूत तालिम दिन सक्यो भने यसले पनि धेरै हद सम्म सहयोग गर्न सक्ने घर्तिको भनाई छ ।

विदेशमा आफ्नो योग्यता अनुसारको काम प्राप्त हुने भएकाले आफ्नो रुचीको क्षेत्रमा आधारभूत सीप सिक्न जरुरी रहेको जानकारी दिनु भएको छ । पछिल्लो समय बैदेशिक रोजगारीमा गएका मध्ये पनि अशिक्षत बर्ग अलपत्र परेको स्मरण गराउनु भयो । देश अनुसार कानुन पनि फरक हुने भएकाले थोरै भएपनि कानुनको बारेमा बुझ्ने र भाषामा ज्ञान हुन जरुरी रहेको घर्तिको भनाई छ ।

 

पछिल्लो समय अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले साउदी शाखाले त्यहा अलपत्र परेका व्यक्तिहरुलाई उद्धार र सहयोग गर्दै आएको छ । हालै मात्र साउदीमा अलपत्र रहेका साउने कामीको उद्धारको लागि आर्थिक सहयो संकलन गरीरहेको छ । अबको १०÷१५ दिनमै कामीको उद्धार गरी नेपाल फर्काउन लागेको घर्तिले बताउनु भएको छ । साथै यस अघि पनि अन्तराष्ट्रिय रोल्पपाली सेवासमाजले धेरै मानिसलाई उद्धार गरेको घर्तिले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्