Ad image

रोल्पा नगर पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुुक्रबार देखि शुरु

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर,माघ २८ गते, रोल्पा ।
रोल्पानगर पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुुक्रबार एक कार्यक्रमका बिच उद्ध्घाटन गरिएको छ । बालउदय माध्यमिक बिद्यालय रोल्पा नगरपालिका ७ माडिचौर रोल्पाको आयोजना र रोल्पा नगरपालिकाको व्यवस्थापनमा उक्त प्रतियोगिताको सुरु गरिएको आयोजकले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य र रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिको बिशेष आतिथ्यता रहेको बताईएको छ । उद्धघाटन कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, रोल्पा नगर भित्रका वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ५ का वडा अध्यक्ष टोपबहादुर नेपाली, जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्ति, नगर भित्रका माध्यमिक विद्यालयका तर्फबाट नेपाल राष्ट्रिय नमुना माबि कोटगाँउका प्रध्यानाध्यापक कृष्णबहादुर पुन लगाएतले आफ्नो मन्तव्य राखेका थिए । बालउदय माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा पुनको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमको सञ्चालन बालउदय माध्यामिक विद्यालयका शिक्षक सोमबहादुर घर्तिमगरले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बालउदय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कृष्ण घर्तिले गर्नुभएको थियाे ।


कार्यक्रममा बोल्ने प्रमुख अतिथी, विशिष्ट अतिथी लगाएतका बक्ताहरुले अनुशासित र संयमित भएर खेल खेल्नको लागी सहभागि विद्यालयका खेलाडीहरुलाई आग्रह गरेका थिए । खेलकुदको नियम र परिधी भित्र रहेर निष्पक्ष तरिकाले खेलकुद प्रतियोगिता सञ्चालन गर्नको लागि आयोजक बिद्यालयलाई सुझाव दिएका छन् । शिक्षा संगसंगै खेलको पनि उत्तिकै आवश्यक पर्ने भएकोले खेलकुद क्षेत्रलाई पनि शिक्षा जतिकै महत्व दिनको लागि सम्पुर्ण अविभावक, विद्यालय, खेलाडी लगाएतलाई सुझाव दिएका थिए । खेलकुदको माध्यमबाट राष्ट्र र आफ्नो ठाउँलाई विश्व सामु चिनाउन सकिने भएको हुनाले पनि खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने कुरा उल्लेख गरेका थिए ।

- Advertisement -
Ad image

रनिङ शिल्ड प्रतियोगितामा रोल्पा नगरपालिका भित्रको सामुदायीक तर्फका १० र संस्थागत तर्फका २ गरी जम्मा १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता यहि माघ २९ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । उद्ध्घाटन कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुले, स्थानिय आमा समुह, युवा क्लब, पैसेरु नाच समुहहरुले समेत झाकी एवम् नृत्य प्रदर्शन गरेका थिए । उद्ध्घाटन कार्यक्रममा जनप्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array