Ad image

सुनिलस्मृति गाउँपालिकाले फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा स्थानीय विदा दिने

मालश्री खबर
मालश्री खबर २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

 

उमा बस्नेत

मालश्री खबर,माघ २७ गते, रोल्पा ।

 

- Advertisement -
Ad image

सुनिलस्मृति गाउँपालिकाले फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ । माघ १० गते बसेको आर्थिक बर्ष २०७९÷०८० को नवौँ कार्यपालिका बैठकको निर्णयअनुसार उक्त विदा दिने बताइएको छ ।

गाउँपालिका मातहतका सामुदायिक र संस्थागत सबै विद्यालयहरु तथा कार्यलयहरुमा विदा दिईने छ । माघ २७ गते अर्थात आज प्रकाशित प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको हस्ताक्षरीत सूचनामा उक्त कुराको जानकारी गराईएको छ ।

 

फाल्गनु १ गतेका दिन सम्पुर्ण सरकारी कार्यलयहरुबाट प्रबाह हुने सेवा बन्द हुने बताईएको छ । अन्य दिनमा भने पालिकाबाट प्रवाह हुने सबै सेवाहरु निरन्तर सुचारु हुने सुनिलस्मृति गाउँपालिका गाँउ कार्यपालिकाको कार्यलय सुलिचौर रोल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array