दुई महिने अल्लो ढाका कपडा उत्पादन तालिम सुनछहरी गाँउपालिकामा शुरु

मालश्री खबर
मालश्री खबर २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

जुनिस कुमार बिष्ट /मालश्री खबर, माघ २६ रोल्पा ।

घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आयोजना तथा डिभिजन वन कार्यालय रोल्पाको सहयोगमा रोल्पाको सुनछहरी गाउँपालिका वडा न. ५ थनबाङमा दुई महिने अल्लो ढाका कपडा उत्पादन तालिमको बिहिबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।

घरेलु तथा साना उधोग कार्यालय रोल्पाका निमित्त उद्योग अधिकृत किरण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममाको प्रमुख अतिथिमा सुनछहरी गाँउपालिका वडा न. ५ का वडा अध्यक्ष देबिलाल रोकामगरको रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा डिभिजन वन कार्यालय रोल्पाका निमित्त जिल्ला वन अधिकृत बाबुराम पोख्रेलको रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सुनछहरी गाउँपालिका कार्यपालिका सदस्य अनिसा बिष्ट समाजसेवी रिमु सुवेदी, सेपेखोला वन सुनछहरी ५ थनबाङका अध्यक्ष जयबहादुर खत्रीलगाएतको आतिथ्यता रहेको थियो ।

उक्त तालिम दुई महिना सम्म सञ्चालन हुने बताइएको छ । तालिमको प्रशिक्षण जुनमाया बुढामगर रहनु भएको छ । तालिममा १० जनाको सहयोगीता रहेको छ । उद्घाटन कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता प्रेमबहादुर बिष्टले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्