सकियो परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता, आयोजक ५ स्वर्ण १ रजत ५ कास्य सहित प्रथम

मालश्री खबर
मालश्री खबर २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, माघ २५ रोल्पा । परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता परिवर्तन गाउँपालिका-५ पुतलाचौरको राङ्कोटमा मंगलबार एक कार्यक्रमको बीच सम्पन्न भएको छ।”आईटीएफ तेक्वान्दो खलसँगै पर्यटनको विकास सबैको चाहना,परिवर्तन गाउँपालिकाको समृद्धि हाम्रो कामना”भन्ने मुल नाराको साथ रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना तथा परिवर्तन गाउँपालिका रोल्पाको मुख्य प्रयोजनमा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको मंगलबार सम्पन्न भएको हो।

रोल्पा जिल्ला तेक्वान्दो आईटीएफ संघ आयोजक टिमले ५ स्वर्ण १ रजत ५ कास्य सहित टिम प्रथम भएको छ। त्यसैगरि रुपन्देही जिल्ला ४ स्वर्ण १ रजत ४ कास्य सहित टिम दोस्रो भएको छ भने नवलपरासी जिल्ला २ स्वर्ण १ रजत ६ कास्य सहित टिम तेस्रो भएको छ ।प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडीमा आयोजकका तिलक बुढा मगर र उत्कृष्ट महिला खेलाडीमा रुपन्देहीका शृया थापा भएका छन भने अनुशासित टिम रुकुम पुर्व भएको छ।

रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका सचीव विक्रम बाँठामगरको अध्यक्षतामा भएको प्रतियोगितामा सम्पुर्ण ट्रफी वितरण रोल्पाको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन),परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्बराज न्यौपाने र परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढा मगर(सम्बेग) लगायतले गर्नु भएको थियो।

परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता माघ २२ गते देखि २४ गतेसम्म रोल्पाको परिवर्तन गाउँपालिकामा आयोजना गरिएको थियो।जसमा लुम्बिनी प्रदेश भित्रका १२ जिल्लाका तेक्वान्दो आईटीएफ संघका आवद्ध खेलाडीहरुको सहभागिता रहेको थियो भने प्रतियोगिता तौल अनुसार बाट सञ्चालन गरिएको थियो।समापन कार्यक्रमको सञ्चालन रोल्पा आईटीएफ तेक्वान्दो संघका सचीव तथा लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका सदस्य कृष्ण प्रसाद बाँठा मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्