Ad image

सुनछहरी गाउँपालिकाले ग¥र्यो उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान

मालश्री खबर
मालश्री खबर २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

जुनिस कुमार बिष्ट /मालश्री खबर, माघ २५ रोल्पा ।

सुनछहरी गाउँपालिकाले १३ औं हिँउदे गाउँ सभाको अवसरमा आफ्नो गाँउपालिका भित्रका उत्कृष्त काम गर्ने केहि कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गाउँपालिका भित्रका विभिन्न कार्यालयमा कार्यरत ७ जना कर्मचारीहरुलाई सम्मान पत्र द्वारा सम्मान गरेको छ गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत लालसिंह खड्काले जानकारी दिनु भएको छ ।


गाउँपालिकाले सम्मानीत गर्ने कर्मचारीहरुमा गाँउपालिका पशु शाखाका प्रमुख सुनबहादुर पुन, वडा न. ७ जेलबाङका वडा सचिव छबिलाल महरा, स्वास्थ्य कार्यालय फगामका इन्चार्ज रन्जित कुमार यादव ,शाखा आधारभूत बिधालय फुलिवन सेरमका प्रधानाध्यापक खिमबहादुर बिष्ट, सरस्वती माध्यमिक बिधालय घुस्बाङ सेरमका प्रधानाध्यापक पुनम पुन बुढाथोकी, वडा न. ४ स्युरीका कार्यालय सहयोगी मनकुमार घर्तीमगर, र गाउँपालिका कार्यालय पोबाङका सवारी चालक रणबहादुर घर्तीमगरलाई सम्मान गरेको छ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्