Ad image

संघीयतालाई जनस्तरबाटै बलियो बनाउनु पर्छ, प्रदेश सभा सदस्य जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २४ माघ २०७९, मंगलवार
2 Min Read
Aa

जुनिस कुमार बिष्ट /मालश्री खबर, माघ २४ रोल्पा ।
संघीयतालाई जनस्तरबाट मजबुत र बलियो बनाएर जनप्रतिनिधिहरु अगाडि बढनु पर्ने लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराले बताउनु भएको छ । मंगलवार सुनछहरी गाउँपालिकाको १३ औं हिँउदे अधिवेसनलाई उद्धघाटन गर्न प्रमुख अतिथिको रुपमा पुग्नु भएको लुम्बिनी प्रदेश सभा सदस्य महराले यस्तो कुरा बताउनु भएको हो ।
ठुलो क्रान्तिको उपजबाट पैदा भएको संघीयता यसको रक्षा गर्ने पर्ने बताउदै प्रदेश सभा सदस्य महराले जनयुद्ध र जन आन्दोलनबाट आएको व्यवस्थालाई सबैले सफल कार्यान्वयन गर्दै अगाडि बढनुपर्ने बताउनु भयो ।


बिदेशिने परम्परालाई तोडर तिनै तहका सरकारले रोजगार सृजना गर्नुपर्ने बताउदै उहाँले भन्नू भयो “तत्कालीन,मध्यकालीन र दीर्घकालिन योजना बनाएर रोजगार सिर्जना गरि युवाहरुलाई देशमै रोजगार दिनुपर्ने बताउनुभयो । साथै स्थानीय तहहरुले कृषि क्षेत्रमा रोजगार सिर्जनाको लागि जोडदिन र स्थानीय उत्पादनलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभएको छ ।


यस्तै गाउँपालिका निवर्तमान अध्यक्ष आशबहादुर पुनले सबै जनप्रतिनिधि, समाजका अगुवाहरुले चिन्तन मनन गरेर जनताको कार्य सम्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो जनता, राज्य र संविधान प्रति उत्तरदायी, पारदर्शिता र जवाफदेही भएर कार्यसम्पादन गर्नु पर्ने र स्थानीय तहलाई बलियो र संघीयता ठिक छ भनेर देखाउन सबै जनप्रतिनिधिहरुले नयाँ जोश जागरणका साथ लाग्न समेत अनुरोध गर्नुभएको छ ।


गाउँपालिकाले यस गाउँ सभाबाट २२ वटा प्रस्तावमा छलफल गरि पारित समेत गरेको छ । महालेखा परिक्षकले औल्याउँएको बेरुजु सम्परिक्षण ,आ.व २७९/०८० को खर्च विवरण, गाउँपालिकाले हाल सम्म गरेका निर्णयहरु, विभिन्न ऐन, नियमावली तथा कार्यविधि, करार सेवा कर्मचारी नियुक्तिको अनुमोदन, अर्धवार्षिक समिक्षा, आ.व २०७९/०८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तर्जुमा गरिका योजनाहरु, आ.व २०७९/०८० मा वर्षादमा अवरुद्ध भएका मुख्य सडकहरु तथा गोरेटोबाटो मर्मत योजनाहरु, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमहरु अनुमोदन लगाएतका प्रस्तावहरु पारित गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताउनु भएको छ । सभाको सञ्चालन गाँउपालिका अध्यक्ष धन बहादुर पुन मगरले गर्नु भएको

- Advertisement -
Ad image

त्यहा बाट नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य जुनिस कुमार बिष्टले जानकारी दिनु भएको छ ।

  

प्रतिक्रिया दिनुहोस्