Ad image

रोल्पामा एक जना व्यति मृत फेला

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, माघ २२ रोल्पा ।
रोल्पा जिल्लामा एक जना व्यति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । माघ २१ गते माडि गाँउपालिका वडा न. ५ वाईवाङ स्थित माडिचौर भावाङ भित्री सडक खण्डमा पुरुष व्यक्ति मृत अवस्थामा रहेको भनि स्थानियले प्रहरीलाई खबर गरेको बताइएको छ ।

स्थानियहरुको जानकारी पछि घटना स्थलमा प्रहरी चौकी भावाङ रोल्पाबाट प्रहरी साहेब हवल्दार लोक बहादुर भण्डारीको कमाण्डमा ३ जनाको प्रहरी टोलि घटना स्थल पुगेर मृतकको पहिचान बारेमा अनुसन्धान गरेको मृतक ब्यतिको पहिचान गरेको रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भएको छ । मृत अवस्थामा भेटिएका ब्यती माडी गाँउपालिका वडा न. ५ भाबाङका निवासि वर्ष ५५ को कृष्ण बहादुर बुढामगर रहेको प्रहरीले बताएको छ ।

मृतक बुढामगरको टाउकोमा सवारी साधनले किचेको जस्तो देखिईएको बताइएको छ । घटनाको थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय घर्तिगाउ रोल्पाबाट प्रहरी निरिक्षक देवराज भट्टराईको कमाण्डमा ७ जना प्रहरीको टोलि खटि घटनाको थप अनुसन्धान गरि राखेको छ ।

घटनामा संलग्न हुन सक्ने आशंकामा ना ४ त ५३८४ नम्वर ट्याक्टर का चालक एंवम गाडी धनि रोल्पा नगरपालिका वडा न. ६ कोटगाउ रिमसक बस्ने बर्ष ३५ को अक्त बहादुर घर्तिमगर नियन्त्रणमा लिएर सोधपुछकार्य गरि राखेको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array