Ad image

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा रोल्पा अस्पताल रेउघाका बिरामीहरुलाई फलफुल बितरण

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, माघ २२ रोल्पा ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार रोल्पा अस्पताल रेउघाका बिरामीहरुलाई फलफुल बितरण गरेर मनाइएको छ । रोल्पा अस्पताल रेउघा बिरामी भएर भर्ना भएका बिरामीहरु र सुत्केरी र गर्भवती आमाहरु गरि २५ जना लाई फलफुल बितरण गरेको प्रेस चौतारी नेपाल रोल्पाले जानकारी दिएको छ ।

फलफुल बितरण कार्यक्रममा रोल्पा अस्पताल रेउघाका रोल्पाका निमित्त कार्यालय प्रमुख एम.डि.जिपी. डाक्टर रणबहादुर बोग्टी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिती सदस्य घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, सल्लाहकार माधबकुमार ओली, रोल्पा अस्पताल रेउघा रोेल्पाकी नर्सिङ इन्चार्ज अञ्जना ज्ञवाली, नर्सिङ स्टाप सर्मिला आचार्य लगाएत प्रेस चौतारी नेपाल रोल्पामा आबद्ध पत्रकारहरुको फलफुुल बितरण कार्यक्रममा सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

फलफुल बितरण कार्यक्रमका बोल्दै रोल्पा अस्पताल रेउघा रोल्पाका निमित्त कार्यालय प्रमुख एम.डि.जिपी. डाक्टर बोग्टीले यसरी आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालमा आएर भर्ना भएका बिरामीहरुलाई फलफुल तितरण गरेको प्रेस चौतारी रोल्पालाई धन्यवाद समेत दिनु भएको छ । प्रेस चौतारी नेपालको २०५८ साल माघ २२ गते आजकै दिन खोटाङ जिल्लामा स्थापना भएको पे्रस चौतारी नेपाल रोल्पाका अध्यक्ष तिलक घर्तिमगरले जानकारी दिनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array