Ad image

टोल विकास समिती मार्फत सरसफाई अभियान चलाउदै रोल्पा नगरपालिका – २

मालश्री खबर
मालश्री खबर २१ माघ २०७९, शनिबार
2 Min Read
Aa

गणेश केसी
रोल्पा नगरपालिका वडा नंं २ को विचबजारदेखि कालो पहिरा सम्म सरसफाइ गरिएको छ । वडाले गठन गरेको विभिन्न टोल विकाश सस्थाहरुकोे पहलमा सरसफाइ गरिएको हो । क्रमैसंग रोल्पा नगरपालिका वडा नं. २ का सम्पुर्ण वस्तिहरुमा सरसफाई अभियान चलाइने रोल्पा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनु भएको छ । आज संचालन गरिएको सरसफाइ अभियानमा विचवजारदेखि कालो पहिरा सम्मका घर धनिहरु, सम्पुर्ण व्यापारी, यातायात तथा होटेल व्यवसायी, प्रहरी, स्थानिय वुद्धिजीवि लगाएतको सहभागिता रहेको थियो ।

वडामा संचालन हुने विभिन्न विकास  निमार्णका योजनाहरु, चेनतामुलक कार्यक्रमहरु, विभिन्न गोष्ठि तथा कार्यक्रमहरुमा समन्वयकारी र अनुगमन गर्ने गरि रोल्पा नगरपालिका वडा नं. २ मा १४ वटा भन्दा धेरै टोल विकास समितीहरु गठन गरिएको छ । सोही टोल विकाश समितीको समन्वयमा केही समय सम्म सरसफाइ अभियान चलाइने र त्यस पछि सम्वन्धित ब्यक्ति, व्यवसायीहरुले नै आफ्नो घर, पसल वरपरको वातावारण सुन्दर राख्नु पर्ने वडा कार्यालयले जनाएको छ ।

वडालाई सुन्दर, सफा र आकर्षक बनाउनका लागि पसल अगाडी राखिएका समानहरुलाई व्यवस्थित गर्नु पर्ने, काठबाट बनाइएका ध्यप्ली तथा घरहरुमा रङ रोगन गर्न आग्रह गर्ने, घर अगाडि फुल सहितको गमला र डस्टविन राख्न आग्रह गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनु भएको छ । वडा भित्रका विभिन्न स्थानमा सडक बत्ति राख्ने, सडकमा अनावश्यक सवारी साधन पार्किङ गर्न नपाइने, वजारका सडक तथा नालाहरु सफा गर्न नागरिकहरुनै अग्रसर हुन प्रोत्साहन गरिने वडा कार्यालयले जनाएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्