Ad image

सदस्य सचिव जय प्रकाश भट्टाई र प्रजिअ परमानन्द घिमिरे बिच लिबाङमा भेटघाट

मालश्री खबर
मालश्री खबर २१ माघ २०७९, शनिबार
3 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, माघ २१ रोल्पा ।

प्रदेश खेलकुद बिकास समिती लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टाई र रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे बिच शनिबार लिबाङमा भेटघाट भएको छ । माघ २२ गते देखि परिवर्तन गाउँपालिका अध्यक्ष कप तथा लुम्बिनी प्रदेश स्तरीय टेक्वान्दो (आईटीएफ) प्रतियोगिता २०७९ को उद्घाटन कार्यक्रमको लागी बिशिष्ट अतिथिको रुपमा रोल्पा आउनु भएकोे सदस्य सचिव भट्टाई रोल्पाका प्रमुख जिल्ला अधिकारी सँग भेटघाट गर्नु भएको बताइएको छ ।


सदस्य सचिव र प्रमुख जिल्ला अधिकारीकोे भेटघाटका क्रममा रोल्पा जिल्लाको समग्र खेलकुद बिकासको बारेमा छलफल भएको छ । जिल्लाका केहि पालिकाहरुमा समयमा राष्ट्रपति रनिङ सिल्ड नभएको र हुदै नभएको बारेमा समेत छलफल भएको थियो । खेलकुल क्षेत्रले आफ्नो ठाँउलाई राष्ट्रिय अन्तराष्ट्रि रुपमा चिनाउने भएको हुनाले खेलकुद क्षेत्रमा स्थानिय सरकार खेलाडी उत्पादन र खेलाडी प्रोत्साहनको लागी लाग्नु पर्नुेमा समेत छलफल भएको छ ।

यसको लागी आफुले रोल्पा जिल्लामा रहेका सबै स्थानिय सरकारहरु सँग समन्वयकारी भुमिका खेलेर खेल क्षेत्रको विकासमा लाग्ने प्रजिख घिमिरेले बताउनु भएको छ । रोल्पा जिल्लामा आफु सरुवा भएर आएको छोटो समय भएको हुनाले पनि आफुलाई जिल्लाको खेलकुद अवस्था बारेमा सबै कुरा जानकारी नभएको समेत प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ ।

- Advertisement -
Ad image


खेलकुद बिकास समिती लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टाईले अहिले पनि स्थानिय सरकारहरुले राष्ट्रपति रनिङ सिल्ड र राष्ट्रिय खेलकुलको निर्देशिकालाई अनिर्बाय पालना नगर्दा पनि खेलकुल विकासमा समस्या आएको बताउनु भएको छ । आफु यो प्रदेशमा सदस्य सचिवको रुपमा आए पछि स्थानिय सरकारहरुले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र राष्ट्रिय खेलकुलको निर्देशिका अनुसार नै अगाडी बढ्न स्थानिय सरकारहरु लाई परिपत्र गरेको बताउनु भएको छ । १२ औं केन्द्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिमा लुम्बिनी प्रदेश देशमै पहिलो भएको समेत प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भएको थियो । उत्त प्रतियोगितामा रोल्पा बिभिध कारणले सहभागिहुन नपाएको मा दुःख समेत ब्यत्त गर्नु भएको थियो । यस पालीको प्रगियोगितामा रोल्पाको पनि सहभागिता रहने र फेरी लुम्बिनी प्रदेशको देशकै उत्कृष्त नतिजा आउनेमा आफु बिश्वस्त रहेको समेत सदस्य सचिव भट्टाईको अपेक्षा बताउनु भएको छ ।

उक्त भेटघाट एंव छलफल कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पाटी सभापती एंव नेपाल भलिबल संघका निबर्तमान केन्द्रिय सदस्य किशोर कुमार आचार्य, खेलकुद विकास समिती रोल्पाका अध्यक्ष मोेलङ घर्ति, एभिन्यूज टेलिभिजनका लुम्बिनी व्यूरो प्रमुख दामोदर खनाल, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, खेलकुद विकास समिती रोल्पाका उपाध्यक्ष हेमन्त खत्री, कार्यालय सचिब कैलास रोका, लगाएतको सहभागिता रहेको थियो ।

भेटघाटकै अवसरमा जिल्ला खेलकुद विकास समिती रोल्पाका अध्यक्ष मोलङ घर्ति, उपाध्यक्ष हेमन्त खत्री र कार्यालय प्रमुख कैलास रोकाले रोल्पा जिल्लामा सरुवा भएर आउनु भएको प्रजिअ घिमिरेलाई खादा लगाएर स्वागत समेत गर्नु भएको थियो ।

   

 

प्रतिक्रिया दिनुहोस्

Array