Ad image

बाल मन्दिर आधारभुत विद्यालयमा आज जुनियर रेडक्रश सर्कल गठन

मालश्री खबर
मालश्री खबर २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

रोल्पा नगर पालिका वडा नं ४ लिबाङमा रहेको बाल मन्दिर आधारभुत विद्यालयमा आज जुनियर रेडक्रश सर्कल गठन गरिएको छ । विद्यालयका प्रधानाध्यापक भगवती मल्लको संयोजकत्वमा भएको जुनियर रेडक्रश सर्कल गठनमा नेपाल रेडक्रश सोसाइटी रोल्पा लिबाङ उप–शाखाका सभापती ज्ञानेन्द्र आचार्य, उप–शाखाका सह–सचिब रमेश अधिकारी र सदस्य भोलनाथ आचार्यको उपस्थित रहेको थियो ।

कार्यक्रमको अवरमा दिपन विकको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रश सर्कल गठन गरिएको छ । जसको उपाअध्यक्षमा मनिसा वली, सचिवमा सुजना घर्ती, कोषाअध्यक्षमा सोफिया परियार, उप– सचिवमा हिमाल बुढा, उप–कोषाअध्यक्षमा सन्दिप बिक लगाएत अन्य सदस्य रहनु भएको छ । यस्तै सिक्षक नायबमा उदय गिरी, सहयोगी सिक्षक नायबमा सुनिता काफ्ले, संरक्षकमा प्रधानाध्यापक भगवती मल्ल, सल्लाकारमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर सेन रहनु भएको छ ।

समाज, परिवार र विद्यालयमा बालबालिकाहरुलाइ अनुशासन बन्न सिकाउने उदेस्यले जुनियर रेडक्रश सर्कल गठन गरिएको विद्यालयका प्रधानाध्यापक मल्लले बताउनु भएको छ । कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी लिबाङ उप–शाखाले विद्यालयलाई सेनिटाइजर र मास्क बितरण गरेको छ । नेपाल रेडक्रश सोसाइटी लिबाङ उप–शाखाका सह–सचिब रमेश अधिकारीले आफ्नो आमाको तिथीको अवसरमा बिद्यालयका विद्यार्थिहरुलाइ चकलेट बितरण गर्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका सिक्षक उदयसिंह गिरिले गर्नुभएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्