Ad image

पुर्बाधार विकास भए मात्र, दिगो विकास हुने लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर १९ माघ २०७९, बिहीबार
4 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, माघ १९ रोल्पा ।
पुर्बाधार विकासमा बढी जोड् दिएर काम गर्न सकिएमा मात्र नागरिकहरुको लागी देखिने खालको दिगो बिकास हुने लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले बताउनु भएको छ । बिहिबार सुनिल स्मृती गाँउपालिकाको १३ औं अधिवेसन मा प्रमुख अतिथिको रुपमा पुग्नु भएको लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले सो कुरा बताउनु भएको हो ।

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको महराले स्थानिय सरकार एंव जनप्रतिनिधीहरुको मुख्य काम भनेको जनताको सेवा गर्ने र समृद्ध राष्ट्र निमार्ण गर्ने भएको बताउनु भएको छ । नागरिकहरुमा आएको राजनितीक चेतना सँगै अब आर्थिक र सामाजिक चेतना स्तर माथि उठाउन तर्फ आजकै दिन बाट स्थानिय सरकार लाग्नु पर्ने बताउनु भएको छ ।

- Advertisement -
Ad image

सरकार सँग थुप्रै समस्या र चुनौतिहरु भएको भन्दै सांसद महराले त्यस्ता चुनौती र समस्यालाई पहिचान गरेर प्राथमिकताको आधारमा पहिचान गरेर काम गर्नु पर्ने स्थानिय सरकारलाई सुझाब दिनु भएको छ । सोही अनुसार जनता र राष्ट्रको हितमा रहेर काम गर्नको लागी जनप्रतिनीधि र कर्मचारीलाई आग्रह गर्नु भएको छ । स्थानिय सरकार भनेको जनताको नजिकको सरकार भएको हुनाले स्थानिय सरकार बाट आम नागरिकले धेरै ठुलो आशा र अपेक्षा गर्ने गरेको समेत प्रदेश सांसद महराले बताउनु भएको छ ।

त्यो जनताको स्वभाबिक अपेक्षा र आशा भएको हुनाले त्यो जनताको अपेक्षालाई पुरा गर्नको लागी स्थानिय सरकारकै महत्वपुर्ण भुमिका रहने कुरा समेत बताउनु भएको छ । त्यस्को लागी स्थानिय सरकारको मात्रै स्रोत साधन प्राप्त नुहने भएको हुनाले प्रदेश सरकार र संघिय सरकारले पनि स्थानिय सरकारलाई साथ सहयोग हुनु पर्ने बताउनु भएको छ । अधिबेसमा उठेमा बिषयहरुलाई गहन रुपमा छलफल गरेर पारित गर्नु पर्ने समेत सुझाब दिनु भएको छ ।

गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको अध्यक्षतामा भएको अधिवेसमा गाँउपालिकाको आर्थिक बर्ष २०७९/०८० को संशोधित आर्थिक बिद्येक, २०७९ र संसोधत बिनियोजन बिद्येक २०७९ अनुमोदन गरियोस भनि सभाका सदस्य पवन कुमार कवरले, गाँउपालिका गाँउ सभाको बाह्रौ अधिवेशनबाट पारित भई चालु आर्थिक बर्ष २०७९/०८० मा कार्यान्वयन हुने केहि योजना तथा कार्यक्रमहरुको नाम संशोधन तथा रकमान्तरण सम्बन्धी प्रस्ताव उपाध्यक्ष मिना थापाले, आर्थिक बर्ष २०७९/०८० को पहिलो कार्यपालिका बैठक देखि नबौं कार्यपालिका बैठकहरुबाट संशोधन तथा स्वीकृत भएका कार्यबिधि, निमावली मापदण्डहरु अनुमोदन गरियोस भनि सभाका सदस्य धनराज रोकाले, गाँउपालिका बाट अवकास भएका करारका कर्मचारीहरुको सामाजिक संरक्षण बापत सहायता रकम उपलब्ध गराउने सम्बन्धी सभाका सदस्य दुर्गाबहादुर बिष्टले र गाँउपालिमा चालु आर्थिक बर्ष २०७९/०८० को पहिलो कार्यपालिका बैठक देखी नबौं कार्यपालिका बैठक सम्म भएका नीतिगत निर्णयहरुलाई अनुमोदन गरियो भनि सभाका सदस्य लोकेन्द्र बहादुर थापाले सभामा पेश गर्नु भएको थियो ।

सभामा पेश भएका संशोधिन नीति तथा कार्यक्रमको गाँउ सभा वाट सर्बसहमत रुपमा पारित भएको गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पोडेलले जानकारी दिनु भएको छ । गाँउ अधिवेसन बाट बैकल्पिक न्यायिक समिती, लेखा समिती, बिधान समिती र योजना तथा सुशासन समिती गरि चार वटा समितीहरु समेत गठन गरिएको गाँउपालिकाले जानकारी दिएको छ । जिल्ला समन्वय समिती रोल्पाका समन्वय अधिकारी सिता आचार्य बिशिष्ट अतिथी रहनु भएको अधिबेसनमा, गाँउकार्यपालिका सदस्यहरु, पत्रकार, बिभिन्न शाखाका कर्मचारी लगाएको सहभागिता रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array