Ad image

स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन र फलोअप सम्बन्धि अभिमुखीकरण कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ माघ २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, माघ १९ रोल्पा । बर्थिङ सेन्टरमा कार्यरत दक्ष प्रसुतीकर्मी हरुलाई तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन र फलोअप सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम रोल्पाको लिबाङमा २ चरणमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रोल्पाको आयोजना तथा रूडास नेपाल/सुआहारा कार्यक्रमको आर्थिक र प्राविधक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय रोल्पाका प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा १० वटै स्थानीय तहका ७२ वटै वडाका स्वास्थ्य संस्थाहरूका नर्सिङ स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको  थियो । कार्यक्रमको स्वागत तथा जिल्लाको स्वास्थ्य तथा पोषणको अवस्थाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका परिवार नियोजन सुपरभाइजर निरिक्षक कुमार थापाले प्रष्ट पार्नुभएको थियो ।

यस कार्यक्रममा सुआहारा कार्यक्रम केन्द्रका एकिकृत पोषण निर्देशक भिम कुमारी पुन तथा परिवार कल्याण महाशाखा पोषण शाखाका नर्सिङ निरिक्षक धनकला कुँवरले जन्मदा कम तौल भएका शिशुहरुको व्यवस्थापन, स्तनपान र यसको महत्व, पोषण सेवा गुणस्तर सुधार चेकलिष्ट आदि विषयमा प्रशिक्षण गर्नुभएको थियो । जिल्ला अस्पताल रोल्पाका नर्सिङ निरिक्षक मिना कुँवरले मायाको अंगालोको महत्वक र विधि सम्वन्धि प्रशिक्षण गर्नुभएको थियो । यस कार्यक्रममा बालपोषण भत्ता सम्वन्धि बिषयमा कृषि बिज्ञ अर्जुन श्रेष्ठले छलफल गर्नुभएको थियो भने रूडास नेपालका अध्यक्ष भिम बहादुर घर्ती र कार्यक्रम संयोजक टेकेन्द्र घर्तीको उपस्थिती रहेको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै रोल्पा अस्पतालका प्रमुख नोखराज पोख्रेलले यस क्षेत्रका महिलाले प्रसुती सेवाका लागि भोग्नु परेको सास्ती बर्थिङ सेन्टरको सन्चालन संगै अन्त्य भएको र निकट भविष्यमा यसको स्तरोन्नती एबं आवश्यक जनशक्ती व्यवस्थापन गरि प्राथमिक स्वास्थ्य सेवा समेत यहीँबाट उपलब्ध गराउन लागि पर्ने बताउनु भयो । यस कार्यक्रमको सन्चालन जन स्वास्थ्य निरिक्षक कृष्ण पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्