Ad image

परिवर्तन गाउँपालिकाको १४औं गाउँसभा तथा हिउँदे अधिवेशन शुक्रबार हुने

मालश्री खबर
मालश्री खबर १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa
सुर्य प्रकाश बुढा मगर,माघ १९ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको आर्थिक बर्ष २०७९/०७८ को १४औं गाउँसभा तथा हिउँदे अधिवेशन भोलि अर्थात माघ २० गते शुक्रबार हुने भएको छ।समृद्धि,सुरक्षित,सामाजिक न्याय र सुशासनयुक्त परिवर्तन गाउँपालिका भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न गर्न लागेको हो।
गाउँसभा तथा दिउँदे अधिवेशनमा परिवर्तन गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष,गाउँ कार्यपालिकाका सदस्य,सबै वडा सदस्य,सबै वडाका सचीव,परिवर्तन गाउँपालिकाका विभिन्न विषयगत शाखामा कार्यरत प्रमुख तथा कर्मचारी लगायत सबै गाउँसभाका सदस्यलाई ठिक मध्याह्न १२ बजे गाउँपालिकाको आफ्नै बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा उपस्थित भइदिन परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले आग्रह समेत गर्नु भएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ बमोजिम १४औं हिउँदे गाउँसभा गर्न लागेको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ।साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरे अनुसार बर्षमा दुई पटक आगामी आर्थिक बर्ष र चालु आर्थिक बर्षको अधिवेशन गर्ने नियम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array