Ad image

नेपाल शिक्षक संघ गंगादेवको अध्यक्षमा रत्न बहादुर वली

मालश्री खबर
मालश्री खबर १५ माघ २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, माघ १४  रोल्पा ।
नेपाल शिक्षक संघ गंगादेब गाउँपालिका स्थानीय कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो अधिबेशनद्वारा अध्यक्षमा रत्न बहादुर वली सर्वसम्मत चयन भएका हुन । स्थानीय कार्यसमितिको उपाध्यक्षमा शिरिधर शर्मा र दिल कुमारी केसी चयन भएका छन् भने सचिवमा रमेश कुमार वली चयन भएको नेपाल शिक्षक संघ गंगादेब गाँउपालिकाले जानकारी दिएको छ ।

नर्ब गठिट नँया कार्य समितीको अन्य पदाधिकारीहरु अर्थ सचिवमा हिरा बहादुर बुढा र चोपिलाल खड्का, सह–सचिवमा नारायण पण्डित, सह–सचिव महिलामा चन्द्रा कला वली, सह–सचिव समाबेशीमा गायत्री पुन र टिका कुमारी वली सदस्यहरु निर्मला खड्का, दिपेन्द्र प्रकाश वली, लक्ष्मी केसी, ललित केसी, पवित्रा केसी, लिलमान डिसी, दिपा वली केसी, हिमालय शर्मा, प्रेमिका कुमारी नेपाली, सिता कुमारी वली, गणेश कुमार वली, अमृत खड्का, कलबिर वली, मोहन वली सर्वसम्मत चयन भएका छन ।

अधिबेशनमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष अमृता कुमारी केसी वलीको विशिष्ट आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा ने.शि.संघ जिल्ला सह–सचिव टोप बहादुर घर्ति र विभिन्न राजनीतिक दल र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै समाजसेवी तथा वयवृद्द अभिभावक गंगाराम डाँगीको समेत उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

नेपाल शिक्षक संघ गंगादेवका सचिव अमृत बहादुर घर्तिले संचालन गरेको अधिबेशनको उद्घाटन शत्रलाई निवर्तमान अध्यक्ष कमल प्रकाश हमालले अध्यक्षता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array