Ad image

प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस रोल्पा शाखाले विबिध कार्यक्रम गरी मनायो

मालश्री खबर
मालश्री खबर १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, माघ १५ गते, रोल्पा ।

प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा रोल्पा शाखाले प्रभातफेरी सहित शुभकामना आदान प्रदान गरेर कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला शाखा रोल्पाले लोकतान्त्रिक चोकदेखी निकालेको प्रभातफेरीले बजार परिक्रमा गरी टुडिखेल नजिकै भट्ट गेष्ट हाउसको अगाडी आएर कोणसभा गरी शुभकामना आदान प्रदान गरेको जनाएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ रोल्पाका जिल्ला अध्यक्ष नविन लोचन मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पुर्व अध्यक्ष खेम बुढा, पुर्व अध्यक्ष महेस न्यौपाने, सल्लाहकार माधव वली, प्रेस युनियनका जिल्ला अध्यक्ष तथा महासंघका सचिव लोकेन्द्र चन्द, रासस रोल्पाका प्रतिनिधि उमा के.सी., जुनकिरी सञ्चारका लालकुमारी केसी लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरु, प्रेस सेन्टर रोल्पाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहसचिव चन्द्र रोकामगरले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

प्रेस सेन्टर रोल्पाका उपिाध्यक्ष स्मृति रोकामगरले उपस्थित भएका सबैलाई टिका लगाई स्वागत गर्नुभएको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस सेन्टर नेपालको स्थापना दिवसको शुभकामना दिएका छन् । साथैै पत्रकार र पत्रकारिता क्षेत्रको हकहित र संरक्षणका लागि गठन भएका विभिन्न शुभेच्छुुक संगठनहरुको लक्ष्य र उदेश्य अन्तत ः समग्र पत्रकारिता क्षेत्रको विकासको लागि नै हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्