Ad image

बालमन्दिर आधारभुत विद्यालयले आफ्नो ३३ औँ बार्षिकोत्सव विविध कार्यक्रम गरी मनायो

मालश्री खबर
मालश्री खबर १४ माघ २०७९, शनिबार
2 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर माघ १४ गते रोल्पा ।

बालमन्दिर आधारभुत विद्यालयले आफ्नो ३३ औँ बार्षिकोत्सव एक कार्यक्रमका विच मनाएको छ । रोल्पा नगरपालिका वडा नम्बर ४ मा रहेको यस विद्यालयले माघ ११ गते देखि आज सम्म विभिन्न कृयाकलापको आयोजना गरि बाषिकोत्सब मनाएका जनाकारी दिएको छ । उक्त विद्यालय ८ कक्षा सम्म रहेको छ ।

- Advertisement -
Ad image

कक्षा शिशु देखी कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको बैद्धिक क्षमता र उनीहरुको चौतफि बृद्धि विकासको लागि कक्षा अनुसारका विविध प्रतियोगिताहरुको आयोजना गरेका विद्यालयका प्रध्यानअध्यापक भगवती मल्लले जानकारी गराउनु भएको छ । वार्षिकोत्सवको अवसरमा चम्चा डौड, तातो आलु प्रतियोगिता, पोषाक दौड प्रतियोगिता , कुर्सी दौड प्रतियोगिता, मिनि फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, अबिभावकहरुको लागि घैटाफोर प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

 

बार्सिकोत्सवको अबसरमा विद्यालले कक्षा शिशु देखी कक्षा ८ सम्म शैक्षिक सत्र २०७८ सालको बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ । विद्यालयले अनुशासि विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरेको छ । सोहि अवसरमा विद्यार्थीहरुको हाजिरीको पनि मुल्याङकन गरीएको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर सेनको अध्यक्षतामा सम्मपन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ रहनु भएको थियो ।

 

उक्त बार्सिकोत्सव कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक उदयसिंङ गिरीेले गर्नु भएको थियो । विद्यालयको बार्षिकोत्सव कार्यक्रममा विभिन्न अविभावक, विद्यालय व्यवस्थापन समितिका विभिन्न पदाधिारी, विद्यालयका शिक्षक, विद्यार्थी लगाएको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array