Ad image

राष्ट्रिय वाणिज्य बैंक रोल्पा शाखाले ५८ औ बार्षिकोत्सव मनायो

मालश्री खबर
मालश्री खबर १० माघ २०७९, मंगलवार
2 Min Read
Aa

गणेश केसी

राष्ट्रिय वाणिज्य बैंक रोल्पा शाखाले ५८ औ बार्षिकोत्सव मनाएको छ । जिल्ला सदरमुकाम लिबाङमा रहेको शाखाले बैंक ५७ वर्ष पुगेर ५८ बर्षमा प्रवेश गरेको शुअवसरमा बार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा उपस्थित सम्पुर्ण अतिथीहरुले बैंकको सफलताको शुभकामना ब्यक्त  गर्नुका साथै बैंकले जनसेवामुखी विभिन्न कार्यक्रमहरु समेत लिनु पर्ने बताएका थिए ।

राष्ट्रिय वाणिज्य बैंक रोल्पा शाखा २०७७ साल माघ १० गतेबाट संचालनमा आएको थियो । वार्षिकोत्सव मनाउदाको दिन सम्म १४ सय सेवा ग्राहीहरु पुगिसकेको रोल्पा शाखाका प्रबन्धक विष्णु गैरेले जानकारी दिनु भएको छ । बैंकबाट हाल आएर मुद्धति खाता, वचत खाता, विभिन्न प्रकारका कर्जाहरु, आइपिएस, सुनचाँदी कर्चा लगाएतका सेवाहरु दिइरहेको बैंकले जनाएको छ । चैत्र मसान्त सम्म मोवाइल बैंङ्कीङ, इन्टरनेट बैंङ्कीङ, युएसडिडि सेवा सुचारु गर्न कुनै शुल्क नलाग्ने प्रबन्धक गैरेले जानकारी दिनु भयो । सेवाग्रहीहरुको माग अनुसार विभिन्न कर्जा लगानी तथा सेवालाई विस्तार गर्दै लगिने बताउदै उहाले शुसासन, पार्दशिता, जवाफदेहिता, मितब्ययिता र बचत गर्ने बानीको विकाश गर्नका लगि मुद्धती र बचत गर्ने सेवाग्राहीहरुलाई ११ प्रतिशत सम्मको ब्याज दिने गरेको बताउनु भएको छ ।

बार्षिकोत्सव कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश डाँगी, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव आचार्य, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख ताराप्रसाद शर्मा, कृषि विकाश बैंक रोल्पाका प्रबन्धक राजकुमार विश्वकर्मा लगाएत बुद्धिजिवी, समाजसेवी, पत्रकार, ब्यपारी लगाएतको उपस्थिती रहेको थियो ।

- Advertisement -
Ad image

बैंकले आफ्नो ५८ औँ वार्षिकोत्सवको अवसरमा बैंकका सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय, एवं शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गर्दै आगामि दिनहरुमा थप गुणस्तरीय, आधुनिक, दिगो एवं सदैव सेवाग्राहिहरुको हितमा विश्वसनीयस बैंकिङ सेवा प्रदान गर्ने रोल्पा शाखाले प्रतिवद्धता समेत जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array