Ad image

परिवर्तन गाउँपालिकामा ‘बृहत चलचित्र बहस’कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा ‘बृहत चलचित्र बहस’ सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर २ युद्ध पर्यटन केन्द्र डाँडागाउँ राङ्सी, रोल्पामा आइतबार सम्पन्न भएको हो ।चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष शिभ पुन मगरको अध्यक्षमा भएको ‘बृहत चलचित्र बहस’कार्यक्रमको प्रमुख आतिथ्यतथा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको रहेको थियो ।  परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको ‘बृहत चलचित्र बहस’मा नेपाली चलचित्र उद्योगका चर्चित नायक रमित ढुंगाना, बरिष्ठ साहित्यकार तथा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्ब अध्यक्ष शान्ति प्रिय, चलचित्र निर्देशक ऋषिराज आचार्य लगायत चलचित्रकर्मी, चलचित्र पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवीहरुको बाक्लो सहभागिता रहेको थियो ।

रोल्पामा चलचित्र निर्माणका लागि सम्भावना र चुनौती कार्यक्रमको विषय उद्देश्यका बारेमा परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रकाश पार्नु पारेका थिए । आयोजक–चलचित्र पत्रकार संघ नेपाल दाङ शाखा, सह–आयोजक–वडा नम्बर २ को कार्यालय (परिवर्तन गाउँपालिका) र सहयोग–परिवर्तन गाउँपालिकाको कार्यालय, रोल्पा रहेको थियो । जहाँ रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीको डाँडागाउँ ऐतिहासिक महत्त्व बोकेको गाउँ समेत मान्ने गरिन्छ । १० बर्षे जनयुद्धको बेला वि.सं.२०६१/०६२ सालमा तत्कालीन जनयुद्धका सर्वोच्च कमान्ड तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आन्तरिक उच्च सुरक्षा सहित सेल्टर लिएको ठाउँ ‘युद्ध पर्यटन केन्द्र डाँडागाउँ’ अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको परिवर्तन गाउँपालिकाले बताएको छ।  ‘बृहत चलचित्र बहस’कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।  रोल्पामा चलचित्र निर्माण र छायांकनका लागि राम्रो सम्भावना रहेको बोकेको समेत बृहत चलचित्र बहसले निष्कर्ष निकालेको छ । चलचित्र निर्माणको राम्रो सम्भावना सँगै रोल्पा राजनीतिक, धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्त्व बोकेको ठाउँ समेत मानिन्छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array