Ad image

गाँउपालिकामा राम्रा काम गर्न कर्मचारी बाधक भएको अध्यक्ष पुनको भनाई

मालश्री खबर
मालश्री खबर २ माघ २०७९, सोमबार
1 Min Read
Aa

 मालश्री खबर,माघ २ गते रोल्पा ।
गंगादेब गाउपालिकामा कार्यरत कर्मचारीले सहयोग नगरेको गाउपालिका अध्यक्ष हरिबहादुर पुनले बताएका छन । रेडियो मालश्री चर्चित कार्यक्रम मालश्री संवादमा कार्यक्रममा पत्रकार गणेश केसि सँग बोल्दै गाँउपालिकामा ब्यूरोक्रेसीले पूर्णरूपमा सहयोग नगरेको बताएका हुन ।

गाँउपालिकामा निर्वाचित भएर आएपछि धेरै राम्रा कामहरु गर्ने प्रयास गरेपनि कर्मचारीहरु बाधक भएको बताएका छन । बाधक कर्मचारीमा गाउपालिकामा रहेका सबै शाखा प्रमुखहरु र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले सहयोग गर्न खोजेजस्तो गरेपनि पूर्णरुपमा सहयोग नगरेको आरोप लगाए ।

असहयोग गरेको बिषय भने उनले खोलेनन । एक फरक प्रसंग अनौपचारिक छलफलमा स्वास्थ्य क्षेत्रमा गाउपालिकाले गरेको अहेव र अनमिको बिज्ञापनमा रहेका बैकल्पिक उमेदवारलाई नियूक्ति अवशर नदिएर पुन बिज्ञापन गर्न कर्मचारीले बाध्य बनाएको अनुभव सुनाएका थिए ।

गाँउपालिकामा घुस लिएको आरोपमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले साढे ४ लाख रकम सहित प्राविधिक प्रमुखलाई प्रकाउ गरि अनुसन्धान गरिरहेको छ । स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा रहेका कर्मचारीले कर्मचारी नियूक्तिमा रकम उठाएको आरोप लगाउदै आएका छन ।

- Advertisement -
Ad image

केहिदिन अघि बिरेन्द्र माध्यामिक बिद्यालय नाउलीको अभिभावक भेलामा पनि ब्यूरोक्रेसीले पनि सहयोग नगरेको टिप्पणी गरेका थिए । पालिकामा असहयोग गर्ने कर्मचारी, शाखा प्रमुखहरूलाई असन्तुष्टि र असहयोगि हुनको कारणबारे छलफल गर्ने तयारी गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

Array